जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवारको अग्रता कायमै रहेकाे छ।सुरुवाती समयदेखि नै अग्रता कायम गरेका मनोज साहले ९ सय ७९ मतगणना हुँदा ३ सय २९ मत ल्याएका हुन्।यस्तै पाँचदलीय गठबन्धनका उम्मेदवार लालकिशोर साहले ४८ मत मात्र ल्याएका छन्।नेकपा एमालेका शिवशंकर साहले १ सय २५, स्वतन्त्र उम्मेदवार बलराम महतोले ७५, लोसपाका मनोज चौधरी ५७, स्वतन्त्र उम्मेदवार जानकीराम साह ३४, जनमत पार्टीकी अनिता देवी साह १९, तमलोपाकी विभा ठाकुरले ११ मत ल्याएका छन्