शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकको आर्थिक विकासमा चार्टर्ड एकाउन्टेन्टहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को २३ औँ वार्षिकोत्सव तथा दोस्रो दीक्षान्त समारोहमा मन्त्री पोखरेलले समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार बनाउन उनीहरुको भूमिका महत्वपूर्ण हुने बताए ।