मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा १३ वर्ष ७ महिना २० दिन कैद र ५० हजार रुपैयाँ जरिबाना तोकिएको मानव बेचबिखन अपराधमा संलग्न रही फरार रहेकी सिन्धुपाल्चोक साविक बराम्ची गाविस–२ हाल जुगल गाउँपालिका–५ की कविता घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो ।