प्रकाशमान सिंहद्वारा सभापतिमा उम्मेदवारी घोषणा

नेता सिंहले पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि पनि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्ने निष्कर्ष निकालेको पनि स्पष्ट पारे। नेपाली काँग्रेस काठमाडौं महानगर पालिका वडा नम्बर १७ ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अवसर पाएर पनि नेताहरुले काम नगरेका कारण पार्टी लथालिंग अवस्थामा पुगेको उल्लेख गर्दै १४ महाधिवेशनले पनि पूरानै नेताहरुलाई नेतृत्व सुम्पिए नेपाली काँग्रेसको हालत प्रजापरिषदको जस्तै हुने चेतावनी समेत दिए।

सम्बन्धित सामग्री

काँग्रेस सभापतिमा उम्मेदवारी घोषणा गर्दै प्रकाशमान सिंह

नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले औपचारिक कार्यक्रम गरेर सभापति पदमा उम्मेदवारी घोषणा गर्ने तयारी गर्नुभएको छ । राजधानीमा सभापति पदमा उम्मेदवारी घोषणा गर्न छुट्टै कार्यक्रम गर्नुभएको हो । सिंहले आफ्नो समूहबाट उपसभापतिमा सुजाता कोइरालालाई अगाडि सार्नुभएको छ । उम्मेदवारी घोषणा कार्यक्रमपछि मनोनयन दर्ता हुनेछ ।

एक पटक प्रकाशमानको नयाँ नेतृत्वलाई हेरौँ: सुजाता कोइराला

नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले प्रकाशमान सिंह नेतृत्वको नयाँ नेतृत्वलाई स्वीकार गर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेकी छिन् । शनिबार प्रकाशमान सिंहको सभापतिमा उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै सोही टीमको उपसभापति पदकी उम्मेदवार कोइरालाले पार्टीलाई गति दिन पनि नयाँ नेतृत्वको जरुरी रहेको बताइन् । उनले आफू नै पनि सभापतिको दाबेदार भए पनि प्रकाशमानको भिजन र दृष्टिकोणलाई स्वीकारेर उपसभापतिको उम्मेदवार बन्न तयार भएको बताइन् । उनले काँग्रेसको जनाधार खस्किँदै गएको भन्दै

अवधारणापत्र सार्वजनिक गरेर उम्मेदवारी दर्ता गर्दै प्रकाशमान सिंह

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह आज जारी १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारीसँगै अवधारणापत्र सार्वजनिक गर्दैछन् । सिंहले बिहान १० बजे सिंहदरबार मुल गेट अगाडि ट्राफिक कार्यालयसँग रहेको स्काइ बैंक्वेटस्थित सम्पर्क कार्यालयमा उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गर्ने कार्यक्रम रहेका उनका सहयोगी युपी लामिछानेले जानकारी दिए । ‘अवधारणासँगै सभापतिमा उम्मेदवारी घोषणा गर्दै हुनुहुन्छ । त्यहीँबाट उम्मेदवारी […]