नेपाल र सिङ्गापुर भिड्ने

सिङ्गापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज साँझ घरेलु टोली सिङ्गापुरसँग खेल्दैछ । सिङ्गापुरस्थित इण्डियन एशोसिएशनको मैदानमा हुने उक्त खेलमा नेपालले जीत हासिल गर्ने उद्देश्यका साथ सिङ्गापुरविरुद्ध मैदानमा उत्रदैछ । खेल नेपाली समयानुसार साँझ ५ः१५ बजे हुनेछ । उक्त प्रतियोगिताको फाइनलमा पुग्नका लागि पनि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । यदि सिङ्गापुरविरुद्धको अन्तिम खेलमा नेपाल पराजित भएमा जिम्बावे र सिङ्गापुर एकापसमा अन्तिम खेल खेल्नुअघि नै फाइनलमा प्रवेश गर्नेछन् ।