काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले विरुद्धको ‘चुनावी युद्ध’ जित्नु आजको आवश्यकता भएको बताएका छन्। जनता समाजवाद पार्टी (जसपा) सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरीलाई पार्टीमा भित्र्याउँदै प्रचण्डले भने, ‘निर्वाचनको मुखमा तपाईंहरू आउनुभएको छ। निर्वाचनको ब्याटलमा जित्नुपर्छ। निर्वाचनमा जाने बेलामा एकजुट भएका छौँ। यो समायोजनले माओवादी बलियो भएको छ।’माओवादीले जिते राष्ट्रले जित्ने उनको भनाइ थियो। &lsquo