ताहाचलमा बसेर हप्ताको दुई पटक डायलाइसिस गर्न उनी वीर अस्पताल पुग्छिन् । ‘खेती किसानी गर्ने हो । पाकेको धान बाली छोडेर डायलाइसिस गर्न काठमाडौं आएका हौँ । रोगले घरको ढोकामा ताला लाग्यो,’ उनी भन्छिन्, ‘झापामै निःशुल्क सेवा पाएको भए यहाँ किन आउनु पर्थ्यो र ?’