नव वर्षको आगमनसँगै आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइने भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्राको मुख्य आकर्षण भैरवनाथ र भद्रकालीको रथ तान्ने र भेलुखेलस्थित यसीँख्यःमा ५५ हात लामो यसीँद्योः (लिङ्गो) उठाउनु हो । भैरवनाथको रथ तान्ने प्रचलन शुरु हुनुभन्दा अघि भद्रकालीको मात्र रथ तान्ने परम्परा रहेको संस्कृतिविद्हरू बताउँछन् । सुरुमा यो जात्रा दुई दिनमात्र मनाइन्थ्यो …