कर्णाली प्रदेश सभामा कांग्रेसले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पेश गरेको विश्वासको मत लिने प्रस्तावको पक्षमा मतदान गर्ने भएको छ ।
प्रस्तावमाथिको छलफलमा भाग लिने क्रममा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले राष्ट्रिय राजनीतिको अवस्था समेतलाई ख्याल गर्दै प्रस्तावको पक्षमा मत हाल्ने जानकारी गराएका हुन् ।
'तटस्थ बस्ने विचार थियो, केहीबेर अघिसम्म । राष्ट्रिय राजनीतिको पनि कुरा छ, तटस्थ बस्नु उपयुक्त भएन । कि त विपक्षमा, कि पक्षमा बस्नैपर्ने भयो,' शाहीले भने, 'हाम्रो संस्कारमा तीन दान– मतदान, क...