एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अदालतमा राजनीतिक दलका कार्यकर्ता न्यायाधीशकारूपमा लैजान नहुने बताएका छन् । पार्टीले ललितपुरमा बुधबार गरेको कार्यक्रममा ओलीले न्यायालय सुधारका लागि र जनताको विश्वास कायम राख्न दीर्घकालीन योजनासहित लाग्नुपर्ने पनि बताए ।