लुम्बिनी भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले बौद्ध संस्कृति र सम्पदाका लागि भारत अन्तर्राष्ट्रिय केन्द्रको शिलान्यास गरेका छन् ।सोमबार लुम्बिनीमा भएको एक समारोहमा शिलान्यास गर्दै दुई प्रधानन्त्रीले आपसमा साँस्कृतिक सम्बन्धलाई अगाडि बढाउँदै जाने बताएका छन् । शिलान्यास गरिएको सम्मेलन केन्द्र अन्तर्राष्ट्रिय बौद्ध महासंघ, नयाँ दिल्लीको पहलमा निर्माण हुन लागेको हो ।