सौराहाको व्यथा : गरीबलाई हात्ती पाल्न गाह्रो !

 नेपालीमा एउटा आहान छ, गरिबलाई हात्ती पाल्न गाह्रो हुन्छ । निःशुल्क हात्ती दान दिए पनि गरीबले पाल्न सक्दैन । अहिले चितवनको सौराहामा हात्ती सफारी गराउने व्यवसायीहरुको हालत यस्तै भएको छ ।  हात्ती पाल्नेहरूले कोभिडका कारण आम्दानीभन्दा खर्च धेरै व्यहोर्नु परिरहेको छ ।  सौराहा वाइल्ड लाइफ टुरिजममा निकै प्रसिद्ध छ । मध्यवर्ती क्षेत्र चितवन राष्ट्रिय निकुञ्जभित्रको यो संरक्षित क्षेत्रमा हात्ती सयरलाई निकै रोचक र मनोरञ्जनात्मक जंगल सफारीको रुपमा लिने गरिन्छ । हात्ती चढेर निकुञ्जभित्रका सं