कोरिया नेपाल मोडेल मिल्क भिलेज उद्घाटन

सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ५ मा कोरिया–नेपाल मोडेल डेरी भिलेज स्थापना गरिएको छ । जसको मंगलबार उद्घाटन गरिएको छ । नेपालस्थित गणतन्त्र कोरियाका राजदूत पार्क तेइ योङ, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा रेवतीरमण पौडेल र कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले संयुक्त रुपमा मिल्क भिलेजको उद्घाटन गरेका हुन । मिल्क भिलेज उद्घाटनका […] The post कोरिया नेपाल मोडेल मिल्क भिलेज उद्घाटन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

लायन्स नमुना उद्यमी गाउँ लमजुङको उद्घाटन, १३ लाखको सामग्री गाउँलाई हस्तान्तरण

लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ वि १ नेपालको यो वर्षको मुख्य कार्यक्रम लायन्स नमुना उद्यमी गाउँ बनाउने अभियान अन्तरगत भदौ ३० गते बुधबार लमजुङको मध्यनेपाल नगरपालिका ७ को पैराबन गाउँलाई लायन्स नमुना उद्यमी गाउँका रुपमा उद्घाटन गरिएको छ ।गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारीको प्रमुख आतिथ्यतामा उक्त पैराबन गाँउलाई लायन्स उद्यमी नमुना गाँउ घोषणा गरिएको हो ।कार्यक्रमका गण्डकीकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीेले सामाजिक संस्था लायन्सले गरेका सेवा कार्यहरुको प्रसंसा गर्दै पैराबन गाँउलाइ नमुना उद्यमी गाउँ बनाउने लायन्सको अभियानलाई सबै मिलेर सफल बनाउनुपर्ने बताइन । डिष्ट्रिक्ट गभर्नर लायन विश्वेश्वर आर्चायले लायन्सले हरेक वर्ष बिभिन्न कार्यक्रमहरु गरिरहेको र यो बर्ष दीगो बिकासको कार्यक्रम गर्ने उदेश्यले  १४ जिल्लाको १४ गाउँमा नमुना उद्यमी गाउँ बनाउने योजना अनुरुप  पैराबन गाउँमा यो कार्यक्रम ल्याएको बताए । लायन्स मोडेल भिलेज लमजुङका प्रमुख तथा कार्यक्रम संयोजक लायन चन्द्रप्रसाद अधिकारीले पैराबन गाउँमा यो बर्ष लायन्सका कार्यक्रम केन्द्रित गरी स्थानीय जनतालाई विभिन्न किसिमका तालिम, सिप सिकाउदैं कृषी, पशुपालनबाट गाउँलेको आयआर्जन बढाउने अभियानमा लायन्स लागेको बताए । लायन्स उद्यमी गाउँ उद्घाटन कार्यक्रमका अवसरमा डिष्ट्रिक्ट तथा विभिन्न क्लब, संघ सस्थाबाट प्राप्त करिब १३ लाख बराबारको सामाग्री पनि गाउँलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा १ थान हाते ट्रयाक्टर, ३ थान ल्यापटप, ४२ थान वाटर फिल्टर, ४८ थान डष्टबिन, ४० थान मौरी घार, ९१ थान स्कुल ब्याग , १०० थान स्वीटर, सिलाई मेशिन २ थान, आरन ३ थान, बाध्यबादनका सामाग्री, खेलकुद सामाग्री, स्टेशनरी, तरकारी फलफूलका विरुवा छात्रबृती लगायत  सामाग्रीहरु हस्तान्तरण गरिएको डिष्ट्रिक्ट ३२५ वि १ नेपालका क्याबिनेट सेक्रेटरी दुर्गाप्रसाद हुमागाईले बताए ।

लायन्स मोडेल भिलेजलाई गण्डकी प्रदेश सरकारले सघाउने

लायन्स डिष्ट्रिक्ट ३२५ बी १ नेपालको यो वर्षको मुख्य कार्यक्रम लायन्स मोडेल भिलेज निर्माणमा गण्डकी प्रदेश सरकारले सघाउने भएको छ । डिष्ट्रिक्ट गर्भनर लायन विश्वेश्वर आचार्यले मंगलबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसगँ भेट गरी लायन्सले यो वर्ष विभिन्न १४ जिल्लाका १४ गाउँमा मोडेल भिलेज बनाउने अभियान सुरु गरेकाले सो कार्यमा सहकार्य गर्न प्रदेश सरकारलाई आग्रह गरेका […]

मोडेल भिलेजमा विविध कार्यक्रम

कास्की, (नेस) । लायन्स क्लब अफ पोखरा फिस्टेलद्वारा नमुना उद्यमी गाउँ ‘मोडल भिलेज’ घोषित कास्कीको मादी गाउँपालिका–५ ठूलास्वाँरामा यस वर्ष पनि विविधि कार्यक्रम सम्पन्न भएको छ । लायन्स फिस्टेल भिलेजका रूपमा स्थापित गाउँमा मंगलबार स्टेसनरी, खेलकुद सामग्री, बाल्टी, तथा विभिन्न जातका फलफूलका बिरुवा वितरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि लायन्स मोडल भिलेज कास्कीका संयोजक […]

लायन्सको मोडेल भिलेजमा विविध कार्यक्रम

टंकराज अधिकारी , ​कास्की । लायन्स क्लब अफ पोखरा फिस्टेलद्वारा नमुना उद्यमी गाउँ ‘मोडल भिलेज’ घोषित कास्कीको मादी गाउँपालिका–५, ठूलास्वाँरामा यस वर्ष पनि विविधि कार्यक्रम सम्पन्न भएको छ ।​लायन्स फिस्टेल भिलेजको रूपमा स्थापित गाउँमा मंगलवार स्टेशनरी, खेलकुद सामग्री, बाल्टी, विभिन्न जातका फलफूलका बिरुवा वितरण गरिएको क्लबका अध्यक्ष पदमबहादुर केसीले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख अतिथि […]