अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा घट्यो

काठमाडौं : अन्तर प्रदेशिय सार्वजनिक सवारी साधनको भाडा घटेको छ। पेट्रोल तथा डिजेलको मूल्य लिटरमै १० रुपैयाँ घटेसँगै सरकारले सार्वजनिक सवारीसाधनको भाडा घटाएको हो। जेठ २० गते शुक्रबारदेखि नै लागु हुने गरि सरकारले विद्यमान भाडादरमा २.९ प्रतिशतसम्म भाडा घटाएको छ। एउटा रुटमा १५ रुपैयाँदेखि ५० रुपैयाँ भन्दा धेरै भाडा घटेको…

सम्बन्धित सामग्री

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा सर्वोच्चद्वारा कोशी प्रदेशका मुख्यमन्त्री थापाको नियुक्ति खारेज, बागमतीमा सार्वजनिक यातायातको भाडा घट्यो, प्रधानमन्त्री प्रचण्डद्वारा ओलम्पिक रंगशालाको अवलोकन, सुन प्रकरण स् चिनियाँ नागरिक बस्ने घरमा खानतलासी, मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रियसभाबाट पुनः पारितलगायतका समाचारले प्रमुख स्थान पाए । सर्वोच्चद्वारा कोशी प्रदेशका मुख्यमन्त्री थापाको नियुक्ति खारेज सर्वोच्च अदालतले कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति रद्द गरिदिएको […]

सार्वजनिक यातायातको भाडा घट्यो - NepaliPatra

काठमाडौँ । पेट्रोलियम पदार्थको मुल्य घटेसँगै सार्वजनिक यातायातको भाडा पनि घटेको छ । सरकारले स्वचालित प्रणाली लागु गरेसँगै यातायात ब्यवस्था विभागले भाडा समायोजन गरेको हो । स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेसँगै भाडा पनि घटाउने निर्णय भएको हो । यातायात व्यवस्था विभागले यात्रुबहाक सवारी साधनमा जारी गरेको नयाँ भाडामा २.१३ प्रतिशत […]

बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो

काठमाडौ । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक यातयातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको हो ।  नेपाल आयल निगमले डिजेलको भाउ घटाएको ९ दिनपछि बागमती प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको भाडा घटाइएको हो । मन्त्रालयले घटाएको भाडादर राजपत्रमा प्रकाशित भएको जनाइएको छ । काठमाडौं उपत्यकाभित्र ५ दशमलव ९ प्रतिशत, उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक सवारीमा ४ दशमलव १८ प्रतिशत र मालवाहक सवारीसाधनमा ५ दशमलव ६९ प्रतिशतले भाडा घटाएको मन्त्रालयका सचिव अस्मान तामाङले बताए ।  उनले भने, “नयाँ भाडादर राजपत्रमा प्रकाशित भइसकेकाले आजदेखि नै घटेको भाडादर लागू हुने छ ।” यसअघि डिजेलको भाउ बढेको बेला लामो दूरीको गाडी भाडा बढेर छोटो दूरीको नबढेपछि व्यवसायी आफैँले भाडादर तोकेका थिए । नेपाल आयल निगमले अघिल्लो हप्ता बुधवारदेखि लागू हुने गरी डिजेलको भाउ घटाएको थियो । लगत्तै सरकारले लामो दूरीको भाडा समायोजना गरेको थियो । लामो दूरी अर्थात् अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र छोटो दूरी अर्थात् अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुने गर्दछ । गत चैत २० गते डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १०–१० र पेट्रोलमा ३ रुपैयाँ मूल्य घटाएको निगमले अघिल्लो हप्ता बुधवारदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर १०–१० रुपैयाँले भाउ घटाएको थियो । घटेको मूल्यअनुसार हाल डिजेलको मूल्य लिटरको १५५ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष प्रदेशभित्र सञ्चालन हुने छोटो दूरीको भाडा बढेको थियो । बढेको भाडाअनुसार यात्रुले काठमाडौं उपत्यकामा सार्वजनिक गाडीमा चढ्ने बित्तिकै २० रुपैयाँ तिर्दै आएका थिए । अब देखि चढ्ने वित्तिकै १८ रुपैयाँ र दुरी अनुसार पहिले तिर्दै आएको भाडामा ५ दशमलव ९ प्रतिशतले घटाएर तिर्नुपर्ने छ । रासस

सार्वजनिक यातायातको भाडा घट्यो, कहाँ जान कति लाग्छ भाडा ? (सूचीसहित)

काठमाडौँ- यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातअन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी डिजेलमा मूल्य घटाएसँगै उक्त विभागले पनि आज सार्वजनिक यातायातको भाडादर घटाएको हो । विभागले आज एक सूचना जारी गर्दै इन्धनको मूल्यका आधारमा स्वचालि...

बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो

काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक यातयातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको हो ।