गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष विनोद कुँवरले सरकारले पेस गरेको बजेटले एनआरएनएको लगानी स्वदेशमा भित्र्याउने वातावरण बनाउन खोजेको बताए । उनले बजेट स्वागतयोग्य भएको बताउँदै कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।बुधबार संवाद डबलीले गरेको ‘अर्थतन्त्र र बजेट’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै कुँवरले परनिर्भरता बढ्दै गएको नेपाली अर्थतन्त्रलाई बजेटले आत्मनिर्भरतातिर डोर्याउने प्रयास गरेको बताए । बढ्दो व्यापार घाटा कम गर्न बजेटले कृषिलाई प्राथमिकता र विदेशी लगानी दुई करोडमा झार