माओवादीमा मधेशीबाट ५ जना केन्द्रीय सदस्य निर्वाचित

१८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट मधेशीतर्फ ५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । आइतबार महाधिवेशनको बन्दसत्र सञ्चालन भइरहेको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच जनाको नाम घोषणा गरेका हुन् । मधेसी पुरुष (३) जगत यादव शिवकुमार मण्डल रामकुमार यादव मधेसी युवा (१) सुरेन्द्र मेहता मधेसी महिला […]

सम्बन्धित सामग्री

ठूला दलका समानुपातिक सूचीः देउवापत्नी आरजुदेखि पूर्वसभामुख महरासम्म (नामसहित)

सोमबार रातीसम्म दलहरुले समानुपातिकतर्फको बन्दसूची पेश गरेका छन् । दलहरूले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा प्रधानमन्त्रीकी धर्मपत्नी, पूर्वसभामुखदेखि पूर्वराजदूतसम्म रहेका छन् । समानुपातिक निर्वाचन निर्देशिका–२०७९ मा दलित, आदिवासी जनजाति, खस–आर्य, मधेसी, थारू र मुस्लिमको जनसंख्या प्रतिशतका आधारमा प्रतिनिधित्व हुने गरी उम्मेदवारको नाम समावेश गर्नुपर्ने व्यवस्था छ । तर, दलहरु आफैँले औपचारिक रूपमा सूची सार्वजनिक नगरे पनि उनीहरुले प्रत्यक्ष निर्वाचनमा लडाउँदा चुनाव हार्ने भयले ठूला नेतालाई संसद छिराउने उपायका रुपमा सामानुपातिक कोटालाई भर्याङ बनाउने गरी सूची पेश गरेका छन् ।आयोगले दलहरुलाई असोज १६ गतेसम्म सूची सच्याउने समय दिएको छ । त्यसकारण सोमबार पेश भएको सूचीमा भएका नामावली नै अन्तिम भने होइनन् । कुन दलबाट को को छन् बन्दसूचीमा ?प्रमुख दलहरूले प्रतिनिधिसभाका लागि १ सय १० र प्रदेशसभाका लागि २२० जना समानुपातिक उम्मेदवारको नाम आयोगमा बुझाएका छन् । संसदको सबैभन्दा ठूलो दल नेकपा एमालेले समानुपातिकका लागि मापदण्ड नै बनाएको थियो । एमालेले यसअघि समानुपातिक सांसद भइसकेका नेतालाई पुनः समानुपातिकमा सिफारिस नगर्ने मापदण्ड बनाए अनुसार नै नयाँ नाम सिफारिस गरेको छ । एमालले बुझाएको बन्दसूचीमा केन्द्रीय पदाधिकारी र यसअघि समानुपातिक सांसद भइसकेका नेताको नाम छैन । समानुपातिक सूचीमा परेका एमालेका सबैभन्दा ठूला नेता हुन् स्थायी कमिटी सदस्य रघुजी पन्त । पन्तसँगै गोरखबहादुर बोगटी, केन्द्रीय सदस्य लीलबहादुर थापा, अनेरास्ववियुकी अध्यक्ष एवम् पार्टी केन्द्रीय सदस्य सुनीता बराल, उमा कोइरालाको नाम एमालेले बुझाएको बन्दसूचीमा छ । एमाले उपाध्यक्ष रामबहादुर थापा (बादल)की पत्नी नैनकला थापालाई पनि एमालेले प्रतिनिधिसभामा समानुपातिकतर्फ उम्मेदवार बनाएको छ । युवा महिला कोटाबाट मेनुका पछाईं, भक्तकुमारी लामा, क्रान्ति बुर्लाकोटी, ईश्वरी रिजाल विश्वकर्माको नाम पनि बन्दसूचीमा छ ।त्यस्तै, नेपाली काँग्रेसले सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई प्रतिनिधिसभाको समानुपातिकतर्फ उम्मेदवार सिफरिस गरेको छ । २०७४ को निर्वाचनमा कैलाली–५ बाट चुनाव हारेकी आरजुले प्रत्यक्ष निर्वाचन लड्ने तयारी गरेको भएपनि सभापति देउवाले उनको नाम समानुपातिकमा सिफारिस गरेका हुन् । काँग्रेसले आफ्ना ‘हेभिवेट’ नेताहरुलाई समानुपातिकको सूचीमा राखेको छ । महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री जीवन परियारले सोमबार दिउँसो निर्वाचन आयोगमा बुझाएको प्रारम्भिक सूचीमा विमलेन्द्र निधि, प्रकाशरण महत, गोपालमान श्रेष्ठ, फरमुल्लाह मन्सुर लगायत ठूला नेताको नाम छ ।तर, काँग्रेसमा विवाद कायम रहेकाले सूची असोज १६ सम्म धेरै फेरबदल हुनसक्ने अनुमान गरिएको छ ।यता, काँग्रेस सँगकै गठबन्धनमा रहेको माओवादी केन्द्रले पूर्वसभामुखसमेत रहेका उपाध्यक्ष कृष्णबहादुर महरालाई समानुपातिकमा राखेको छ । अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र मानिने उपाध्यक्ष महरा २०४८ सालपछिका हरेक निर्वाचनमा निर्वाचित हुँदै आएका थिए । माओवादी सशस्त्र युद्ध सुरु हुनुअघि २०४८ सालमा तत्कालिन संयुक्त जनमोर्चाबाट उम्मेदबार बनेर निर्वाचित भएका महरा २०६४, २०७० र २०७४ को चुनावमा लगातार निर्वाचित भएका थिए ।महरा २०४८ मा रोल्पा– २, २०६४ मा दाङ–३, २०७० मा रोल्पा–१ र २०७४ मा दाङ–२ बाट निर्वाचित भएका महरा विभिन्न मन्त्री हुँदै सभामुखसम्म भए । रोशनी शाहीले बलात्कारको मुद्दा लगाएपछि महरा सभामुख पदबाट बहिर्गममा परे ।यसपाली पनि, आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रोल्पा, दाङ– १ र २ बाट उम्मेदवार सिफारिस भएका उनले आफू प्रत्यक्ष चुनाव नलड्ने भन्दै समानुपातिक रोजे ।महरासँगै, माओवादीको बन्दसूचीमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठ, परशुराम तामाङ र बाबुराम भट्टराईको पार्टीबाट पनि ५ जना परेका छन् । गंगानारायण श्रेष्ठ, राष्ट्रिय महिला आयोगकी पूर्वअध्यक्ष दुर्गा सोब र प्राध्यापक दुर्गा न्यौपानेको नाम पनि बाबुराम कोटाबाट माओवादीले समानुपातिकमा सिफारिस गरेको छ । पूर्वमन्त्री हकिकुल्ला खाँ, रेणु चन्द, दलित आयोगकी पूर्वअध्यक्ष सुशील श्रीपाइली, उद्योगी दिलसुन्दर श्रेष्ठ, ईश्वरचन्द्र ज्ञवाली, मोहनमान स्वाँर, अजम्बर राई काङबाङलाई पनि माओवादीले समानुपातिक सूचीमा राखेको छ एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीले पनि समानुपातिक तर्फको बन्दसूची आयोगमा पुर्याएको छ । उपाध्यक्ष प्रमेश हमाल, उपमहासचिव गंगालाल तुलाधर, सचिव नागेन्द्रकुमार चौधरी, स्थायी कमिटी सदस्य सावित्राकुमारी भुसाल, रामचन्द्र यादव, श्रीप्रसाद साह, भविश्वर पराजुली, भरतकुमार श्रेष्ठलाई समानुपातिक उम्मेदवार बनाएको छ । हमाल पूर्वराजदूत हुन् ।

माओवादी केन्द्रीय सदस्यमा सुदूरपश्चिमबाट २३ जना  (नामसहित)

धनगढी : नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनले २३६ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ। कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न महाधिवशेनले विभिन्न क्लस्टरसहित पहिलो चरणमा २३६ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हो।बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको नामलाई ध्वनि मतका आधारमा निर्वाचित गरिएको हो। जसमा सुदूरपश्चिमबाट २३ जना केन्द्रीय सदस्य चयन भएका छन्। कैलालीका ५ जना, डडेल्धुराका ४, बझाङका तीन, कञ्चनपुरका तीन, दार्चुला दुई, अछामका दुई, बैतडीका दुई

माओवादी महाधिवेशन : कर्णालीबाट २७ जना केन्द्रीय सदस्य निर्वाचित

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिमा कर्णाली प्रदेशबाट २७ जना निर्वाचित भएका छन् । माओवादीको आठौं महाधिवेशनमा कर्णालीबाट प्रतिनिधित्व गर्ने नेता जनार्दन शर्मासहित २७ जना निर्वाचित भएका हुन् । जसमध्ये सुर्खेतबाट सबैभन्दा बढी ६ जना निर्वाचित भएका छन् भने रुकुम पश्चिम र जाजरकोटबाट ५–५ जना निर्वाचित भएका छन् । सुर्खेतबाट नरबहादुर बिष्ट, झकबहादुर मल्ल, बिन्दमान बिष्ट, पी घर्ती, सीता नेपाली र हरिमाया शर्मा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।रुकुम पश्चिमबाट जनार्दन शर्मा, राजकुमार शर्म

सभापति, उपसभापति र महामन्त्रीमा पराजित ५ जना काँग्रेस केन्द्रीय सदस्य मनोनित

काठमाडौं, १७ पौष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज मनोनित गरेका केन्द्रीय सदस्यमा सभापतिमा पराजित दुई, उपसभापतिमा पराजित दुई र महामन्त्रीमा पराजित एक जना परेका छन् । सभापतिमा पराजित प्रकाशमान सिंह र विमलेन्द्र निधि केन्द्रीय सदस्य मनोनित भएका छन् । सिंह १२औं महाधिवेशनमा निर्वाचित महामन्त्री थिए भने निधि १३औं महाधिवेशनमा उपसभापति मनोनित गरिएका थिए […]

माओवादी राष्ट्रिय सम्मेलन : सुदूरपश्चिम प्रदेशबाट १०२ जना प्रतिनिधि छनोट

नेकपा माओवादी केन्द्रको राष्टिय सम्मेलनका लागि सुदूरपश्चिम प्रदेशबाट १०२ जना प्रतिनिधि छनोटमा परेका छन् । यही पुष ११ गतेदेखि १३ गतेसम्म माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन हुँदैछ । बुधबारसम्म सो पार्टीका १०२ जना प्रतिनिधिको नाम टुंगिएको सुदूरपश्चिम प्रदेश कमिटीका निवर्तमान अध्यक्ष शरदसिंह भण्डारीले रातोपाटीलाई जानकारी दिए । अहिलेसम्म प्रदेश सम्मेलनबाट निर्वाचित ८४, राष्ट्रिय सम्मेलन आयोजक कमिटीका केन्द्रीय सदस्य १३ र केन्द्रीय प्रतिनिधि ५ जना छनौट गरिएको भण्डारीले बताए । पार्टीका केन्द्रीय

कांग्रेस केन्द्रीय सदस्यमा मधेसी कोटाबाट विनोद चौधरीसहित ५ जना निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मधेसी कोटाबाट व्यवसायी विनोद चौधरीसहित ५ जना निर्वाचित भएका छन् । कांग्रेसको १४ ओं महाधिवेसन अन्तर्गत मधेसी कोटाबाट केन्द्रीय सदस्य पदमा चौधरीले २२०६ मतसहित निर्वाचित भएका हुन् । यस्तै, प्रारम्भिक गणना अनुसार अजय चौरसियाले २५२२ मत, चन्द्रमोहन यादवले २१३८, महेन्द्रकुमार रायले १९८४ र दिनेशकुमार यादवले १९५९ मत पाएका छन् […]

पूर्व राष्ट्रपतिका छोरा चन्द्रमोहन बने काँग्रेसको केन्द्रीय सदस्य

पूर्व राष्ट्रपति डा.रामवरण यादवका छोरा चन्द्रमोहन यादव नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।काँग्रेसका पूर्वमहामन्त्री समेत रामवरणका छोरो चन्द्रमोहन खुल्ला मधेसीतर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । मधेसीतर्फ ५ जना केन्द्रीय सदस्यका लागि २३ जनाको उम्मेदवारी परेको थियो ।चन्द्रमोहन भने २ हजार १३८ मतसहित तेस्रो सर्व...