काठमाण्डाै – पछिल्लो समय लगातार ओरालो लागेको शेयर बजार आज मङ्गलवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव २९ अङ्कले बढेर एक हजार आठ सय २१ दशमलव ६० विन्दुमा पुगेको छ ।
आज बैंक र अन्य समूहको शेयर सामान्य घटेको छ भने अरू समूहको शेयर सामान्य उकालो लागेको छ । आज दुई सय ६९ वटा कम्पनीकाे २० लाख ६३ हजार कित्ता शेयर ६४ करोड एक लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको पाँच करोड रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्तको शेयर १०...