काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
एक किशोरीलाई जबरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले पक्राउ पुर्जीको लागि जिल्ला अदालत काठमाडौंमा माग गरेको थियो। अदालतले आज लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो।
लामिछानेविरुद्ध मंगलबार महानगरीय प्रहरी वृत गौशालमा जबरजस्ती करणीमा उजुरी परेको थियो।…