काठमाडौँ – नाबालिकमाथि बलात्कारको अभियोगमा पक्राउ परेको नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई म्याद थपका लागि सोमबार बिहान अदालत लगिएको छ । उनलाई सोमबार बिहान पछाडिको ढोकाबाट जिल्ला अदालत काठमाडौँ लगिएको हो । १७ वर्षकी किशोरीले बलात्कार अभियोग लगाएकी थिएइन् । उनी दसैँको भोलिपल्ट नेपाल आएका थिए । उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो । […]