भूकम्पले ढलेका सार्वजनिक भवन तथा सम्पदाहरू एक–एक ठडिँदै जाँदा पनि राष्ट्रिय पुस्तकालय भवन बन्ने सुरसारसम्म नहुनु र त्यसका ऐतिहासिक तथा दुर्लभ पुस्तकहरू बोरामै कुहिन थाल्नुले नेपाली सत्ता–चेतनाको पछौटेपन उजागर गर्छ । भूकम्पले ढलेका धरहरा, रानीपोखरी, दरबार हाइस्कुल, काष्ठमण्डप आदि बनिसके/बन्दै छन्, यी धरोहरहरू बन्नु पनि पर्थ्यो तर त्यही क्रममा राष्ट्रिय पुस्तकालयको भवन पनि निःसन्देह प्राथमिकतामा पर्नुपर्थ्यो ।