हामी नेपाली कुरा धेरै गर्छौं तर काम ?

हामी नेपाली कुरा गर्न लाग्यौं भने विश्व राजनीतिदेखि परराष्ट्र नीतिसम्मका कुरा गर्छौं । तर, हामी कुनै पनि कुरामा परिपक्व छैनौं । हामीले भुटानी शरणार्थी फिर्ता नपठाउन नसकेबाट स्पष्ट हुन्छ । भारतसँगको परराष्ट्र नीतिमा त झन् सधैं कमजोर देखिएका छौं । यस्को उदाहरण त धेरै छन् । नेपाल भारत मिलेर बनाएको विज्ञ समूहले तयार पारेको प्रतिवेदनलाई भारतले नबुझ्नु एउटा प्रमुख उदाहरण हो । यो प्रतिवेदन नेपालीले मात्र बनाएको होइन, दुई देशका विज्ञ मिलेर तयार पारिएको हो । नेपालमा या त परराष्ट्र विज्ञको कमी छ या त हाम्रो सरकारले विज्ञहरूको कुरा नसुनी आफूखुशी निर्णय गर्छ भन्ने यसले देखाउँछ । देश जेसुकै होस् तर मेरो पद जसरी पनि जोगिनुपर्छ भन्ने भावना राखेर यसै प्रकार अघि बढ्दै जाने हो भने देशको हालत के हुन्छ यसै भन्न सकिँदैन । हामीले विदेशीसँग लिने ऋणको मात्रा बढ्दै गएको छ । हामीलाई प्राप्त हुने सहयोग घट्दै गएको छ । यस्तै पाराले देश चलाउँदै जाने हो भने देश टाट पल्टिन धेरै समय लाग्दैन । राष्ट्र बैंकको तथ्यांक हेर्ने हो भने अहिले हामीसँग विदेशी मुद्राको सञ्चिति दिनप्रतिदिन घट्दै गएको छ । कुनै बेला धान, आलु र जुट निर्यात गर्ने देशमध्ये नेपाल पनि एक पथ्र्यो । अहिले आएर हामी हाम्रो भान्छामा पाक्ने सामानका साथै, नुनदेखि सुनसम्म आयात गर्छौं । निर्यात चाहिँ आयातको ५ प्रतिशत पनि मुस्किलले गर्छौं । के यस्तै पाराले हामीले हाम्रो देशलाई विकसित बनाउन सक्छौं ? हामी सबैले पढेको र सुनेको नै हो हरियो वन नेपालको धन । तर, आज हामी हाम्रो दैनिक उपभोगको लागी चाहिने काठसमेत विदेशबाट आयात गर्छौं । यसले के बुझ्न सकिन्छ भने हाम्रा नेताहरूले विज्ञभन्दा आफू झन् ठूलो ठान्छन् । त्यसैले उनीहरू न जनताको कुरा सुन्छन् न विज्ञको । एउटा सानो उदाहरण गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा आफ्नो राजनीतिक सल्लाहकारका रूपमा त्रिविका राजनीति शास्त्रका प्राध्यापक कृष्ण खनाललाई राज्यमन्त्री सरहको सुविधा उपलब्ध गराउने गरी नियुक्ति दिए । तर, खनालको सल्लाह नमानेपछि उनले केही दिनमा नै राजीनामा दिए । हुन त नेपालमा पदका लागि मरिहत्ते गर्ने धेरै छन् तर त्यसो भन्दैमा आफूलाई जुन कामको लागि नियुक्ति गरिएको हो त्यससम्बन्धी सही काम गर्दा वा सही सुझाव दिँदा त्यसको बेवास्ता हुन्छ भने त्यस्तो पदमा बस्नुको के औचित्य भन्ने मानिस पनि यहाँ नभएका होइनन् । तर, यो कुरा बुझिदिने कसले ? यसरी यउटा विज्ञले दिएको सुझावको त कुनै कदर हुँदैन सर्वसाधारणले जतिसुकै राम्रो र सही सल्लाह दिए पनि सुन्ने कुरै भएन । तर पनि कतिपय व्यक्तिहरूले आफ्नो लेख तथा विभिन्न अन्तर्वार्तामार्फत सल्लाह दिइरहेका हुन्छन् । त्यो पढ्ने र सुन्ने हाम्रा शासक प्रशासकलाई फुर्सद हुने कुरै भएन । जब आफूलाई नै विज्ञ सम्झिएर अरू कसैको पनि कुरा सुनिँदैन भने देशको स्थिति सप्रने होइन बिग्रँदै जान्छ । यस कुराको उदाहरण हाम्रो देश पनि हो । कुनै बेला बेलायतजस्तो सूर्य नअस्ताउने देशलाई समेत आर्थिक सहयोग गर्न सक्ने क्षमता राख्ने नेपाल आज आएर आफै टाट पल्टिने अवस्थामा पुगेको छ तर पनि हाम्रा नेताहरूमा अझै आफू मात्रै जान्ने सुन्ने भन्ने भ्रम सकिँदैन तबसम्म हाम्रो अवस्था सधंैभरि यस्तै नै रहन्छ । अझ भनूँ हामी दिन पर दिन अझ खस्कँदै जान्छौं । हामीलाई सहयोग दिने राष्ट्र दिन प्रतिदिन कम हुँदै गएका छन् । यसले गर्दा हाम्रो ऋणको मात्रा दिन प्रतिदिन बढ्दै गएको छ । हामी सबैलाई थाहा भएकै कुरा हो अहिले प्रत्येक नेपालीको टाउकोमा ७० हजार ऋणको भार छ तर पनि हाम्रा नेताहरूलाई कुनै मतलब भएजस्तो देखिँदैन । यदि नेताहरूको चेत अब पनि खुलेन भने हाम्रो देशको हालत पनि श्रीलंकाको जस्तो हुन बेर लाग्दैन । त्यसैले अब हामीले परराष्ट्र नीतिलाई असंलग्न राष्ट्रको भूमिकालाई सही तरीका अपनाउनुको साथै देशलाई उत्पादनमुखी नीतिमा जोड दिएर अघि बढ्न ढिलो गर्न हुँदैन । अर्को मुख्य कुरा के हो भने अब हाम्रा नेताहरूले आफ्नो पद कसरी कायम राख्नेभन्दा पनि कसरी देशलाई दुर्घटनाबाट जोगाउने भनेर नीति नियम बनाएर अघि बढ्नु जरुरी छ । किनकि देश रह्यो भने र आफूले राम्रो काम गर्‍यो भने पद फेरि पनि पाउन सकिन्छ । अर्को मुख्य कुरा के हो भने नेताहरूले म सधैं पदमा रहिरहनुपर्छ भन्ने मनस्थिति त्याग्नुपर्छ । यदि राजनीति जनताको सेवा हो भने आफूभन्दा तल्लो तहको व्यक्ति सक्षम छ भने उसका लागि पद छाड्ने क्षमता राख्नुपर्छ र आफूले अभिभावकको भूमिकामा रहनुपर्छ । यसले गर्दा उसले गरेको कमीकमजोरीलाई हटाउन सकिन्छ । यस्तो कमीकमजोरी हटाउँदै जाने हो भने देशको भूमिका अझ दिन प्रतिदिन खस्किने नभई बिस्तारै उँभो लाग्दै जान्छ । तर, अहिलेकै जस्तो अवस्था रहिरहने हो भने देशले गम्भीर परिस्थितिको सामना गर्नुपर्छ । अब देशलाई विकास पथमा लम्काउने भनेर सबैको ध्यान जानुपर्छ । एकले सुकी थुकी हजार थुकी नदी भनेजस्तै सबै मिलेमा देश नबन्ने होइन । तर, धेरै नेपालीमा कुरा बढी गर्ने तर काम नगर्ने बानी छ । जिम्मेवारी जति अरूको र जस जति मेरो भन्ने सोच रहेसम्म काम गर्ने संस्कार बन्दैन । मुलुकमा यही संस्कार कम भएकाले उन्नतिको बाटोमा अघि बढ्न नसकिएको हो । देश जेसुकै होस् तर मेरो पद जसरी पनि जोगिनुपर्छ भन्ने भावना राखेर यसै प्रकार अघि बढ्दै जाने हो भने देशको हालत के हुन्छ यसै भन्न सकिँदैन । हामी जनताले पनि देशले मलाई के दियो भन्दा पनि मैले देशलाई के दिन सक्छु भनेर आफ्नो क्षमता बुझ्नु जरुरी छ । आफ्नो विज्ञताको आधारमा मात्रै काम गर्नुपर्छ भन्ने जानेको छैन भने आफूभन्दा जान्नेको सल्लाह लिन जरुरी छ । लेखक नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी हुन् ।

सम्बन्धित सामग्री

नेपाली क्रिकेटलाई माथि लैजान मिलेर काम गर्ने हो: सचिव खड्का

नेपाली क्रिकेटका पूर्व कप्तान तथा नवनिर्वाचित क्यानका सचिव पारस खड्काले टिमसँग मिलेर काम गर्ने बताएका छन्।...

नेपाली क्रिकेटलाई माथि लैजान मिलेर काम गर्ने हो: सचिव खड्का

नेपाली क्रिकेटका पूर्व कप्तान तथा नवनिर्वाचित क्यानका सचिव पारस खड्काले टिमसँग मिलेर काम गर्ने बताएका छन्।...

दुबईमा काम गर्ने नेपाली युवालाई ३५ करोडको चिट्ठा

काठमाण्डाै - दुबईमा काम गर्ने नेपालका एक युवाले एक करोड दिराम अर्थात झण्डै ३५ करोड नेपाली रुपैयाँ बराबरको चिट्ठा जितेका छन् । केही वर्षदेखि दुबईमा बसेर कार सफा गर्ने काम गर्दै आएका गुल्मीका ३१ वर्षीय भरत विश्वकर्माले यूएईको चर्चित मजुज चिट्ठामा १ करोड दिराम जित्नुभएको हो । यो चिट्ठा जित्ने भरत पहिलो नेपाली रहेका गल्फ न्युजले जनाएको छ । उहाँले त्यहाँ मासिक १३ सय रुपैयाँ दिराम आम्दानी गर्नुहुन्छ । विश्वकर्मा सबैभन्दा कम कमाउने विजेतामध्येका एक रहेका पनि गल्फ न्युजले जनाएको छ ।  भरतले चिट्ठाबाट प्राप्त प...

नेपाली यू-२० टोलीसँग चाँडै सँगै काम गर्ने इच्छा छ : अल्मुताइरी

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले चाँडै यू-२० टिमका खेलाडीसँग काम गर्न उत्साहित रहेको बताएका छन् । नेपालमा अल्मुताइरीको भविष्यलाई लिएर प्रश्न उठिरहेको अवस्थामा उनले बुधबार बिहान चाँडै नेपाली युवा टोलीसँग काम गर्न उत्साहित रहेको बताएका हुन् । “सकारात्मक र नकारात्मक पक्षसहित यू-२० साफ कप समाप्त भएको छ । यसमा सबैभन्दा […]

ज्यानको बाजी राखेर काम गर्दै नेपाली सेना

सिमकोट – कर्णाली करिडोरको हुुम्ला खण्डको कडा चट्टानी भीरमा नेपाली सेना र कामदारले ज्यानको बाजी राखेर काम गर्दै आएका छन्। माथि चट्टानी भीर र तल कर्णाली नदी भए पनि कामलाई निरन्तरता दिइएको छ। अग्लो र चट्टानी भीर भएको स्थान सुनाखाडामा काम गर्दै आएका कामदार चन्द्र सुनारले शरीरमा डोरी बाँधेर होल खोप्ने कार्य गरिरहेको बताए। ती […]

साउदीमा सेप्टेम्बर १५ सम्म चर्को घाममा काम नगर्न नेपाली दूतावासको आग्रह

साउदी अरबस्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपाली कामदारहरूलाई आज बुधबारदेखि नै मध्याह्न १२ देखि दिउँसो ३ बजेसम्म बाहिर घाममा काम नगर्न विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

नेपाली फिल्म क्षेत्रमा सबैसँग काम गर्ने हिरोको अभाव भएकै हो ?

१९ फागुन, काठमाडौं । ‘नेपाली फिल्मका हिरोहरुसँग काम गर्न सहज छैन । सबै जना कोही न कोही ब्यानर, व्यक्तिसँग जोडिएका छन् । सबैसँग काम गर्ने कलाकारको अभाव छ,’ एक निर्माताले अनलाइनखबरसँगको कुराकानीमा भने । नेपाली चलचित्रमा यसैपनि नायकको अभाव छ । तीमध्ये धेरै नायकहरु कुनै न कुनै व्यक्ति र ब्यानरसँग जोडिएका छन् । नेपाली फिल्मका […]

नेपाली विद्यार्थीले अब अस्ट्रेलियामा हप्तामा २० घन्टाभन्दा बढी काम गर्न पाउने

नेपाली विद्यार्थीले अब अस्ट्रेलियामा हप्तामा २० घन्टाभन्दा बढी काम गर्न पाउने छन् । अस्ट्रेलियाको सरकारले नेपाली विद्यार्थीका लागि आगामी दिनमा हप्तामा २० घन्टाभन्दा बढी काम गर्न पाउने व्यस्था गरेको हो ।पुस ३० गते गृहमन्त्री बालकृष्ण खाणले नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कसँगको शिष्टाचार भेटमा उक्त व्यवस्थका लागि अग्रह गरेका थिए । गृहमन्त्री खाणले आग्रह गरेको एक हप्तामै बुधबार अस्ट्रेलियाका प्रधानमन्त्रीको वक्तव्यमा पढाइका अलवा नेपाली विद्यार्थीले हप्तामा २० घण्टाभन्दा बढी काम गर

दार्चुला-तिङ्कर सडकमा नेपाली सेनाले काम सुरु गर्दै

– नरेन्द्रसिह कार्की दार्चुला, २८ भदौ : यहाँबाट त्रिदेशीय सीमा जोड्ने गरी निर्माण सुरु गरिएको खलङ्गा-तिङ्कर सडकमा सेनाले काम सुरु गर्ने तयारी थालेको छ । सतासी किलोमिटर सडक निर्माणको जिम्मा पाएको नेपाली सेनाले नेपाल-भारत-चीनको सीमा जोड्ने सडक निर्माणको काम सुरु गर्र्दैछ । नेपाली सेनाले सो सडक निर्माणको क्रममा बनाएको कार्ययोजना अनुसार नेपाली सेना निर्माणस्थलमा खटिएको […]