पार्टीको विधान र झण्डाबारे निर्वाचन आयोगले दिएको निर्देशबारे छलफल गर्न राप्रपाले पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ ।
विधानबाट हिन्दू राष्ट्र र राजसंस्थासम्बन्धी शब्दावली तथा झण्डाबाट गाई हटाउन निर्वाचन आयोगले दिएको निर्देशनबारे छलफल गर्न आइतवार दिउँसो १ बजेका लागि पदाधिकारी बैठक बोलाइएको राप्रपा केन्द्रीय कार्यालयले जनाएको छ ।
निर्वाचन आयोगले माघ २ गते राप्रपालाई पत्र पठाई विधानबाट राजसंस्थासम्बन्धी व्यवस्था हटाउन निर्देशन दिएको थियो ।
‘सनातन हिन्दू राष्ट र राज संस्थासहितको प्रजातन्त्रको भावना अभिवृद्धि गर्न&...