म्याग्दी - धवलागिरि गाउँपालिका-५ मल्कवाङका हरि छन्त्याल घरबाट हिँडेको तीन घण्टामै बेनी आइपुग्नुहुन्छ ।
गाडी चढेर मल्कवाङबाट हिँडेको तीन घण्टामै बेनी आउन पाएकामा छन्त्याल दङ्ग पर्नुभयो । 'यसअघि बिहानै हिँडेर साँझमा घर पुगिन्थ्यो', उहाँले भन्नुभयो, 'गाउँमा सडक पुगेकाले छिटो र सजिलो भएको छ।'
धवलागिरि-४ मुदीका विजय घर्तीमगरले दुई हजार लिटर भीरमह गाउँबाट सिधै पोखरा पुर्याएर बेच्नुभयो । 'जडीबुटी र मह ढुवानी गर्न व्यापारीले हेलिकप्टर चार्टर्ड गर्थे', उहाँले भन्नुभयो, 'सडक आएपछि गाडीमा सस्...