जब पृथ्वीनारायणको शालिक तोडियो… (भिडियोसहित)

हे बीसे नगर्ची ! हे भगवन्तनाथ ! तिम्रा पृथ्वीनारायण शाहको शालिक फोडेर तिम्रा पृथ्वीनारायणको नेतृत्वमा एकीकृत राष्ट्रमा नयाँ बाइसे चौबीसे राज्यहरु खडा गरेर जनजन जोड्ने धर्मसंस्कृतिको धागो चुडालेर मान्छेसँग मान्छे डराउनुपर्ने बनाइएको छ नेपालीसँग नेपाली लडाउने अवस्था बनाइएको छ पृथ्वी भन्थेः आफ्नो देशको कपडा प्रयोग गर्नु शालिक तोड्नेहरुले स्वदेशी कपडा उद्दोग बन्द गराए पृथ्वी भन्थेः […]

सम्बन्धित सामग्री

खोटाङको माक्पामा कुकुरको शालिक !

खोटाङ – हिजोआज लाखौँ बजेट खर्च गरेर शालिक बनाउने होड चलेको छ । समाजलाई विशिष्ट योगदान दिएका व्यक्तिको शालिक बनाएर राख्नु त स्वाभाविक नै हो तर पशुपक्षीसम्मको शालिक बनाएर चोकचोकमा राखेको देखिन्छ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–७ माक्पामा कुकुरको शालिक बनाएर राखिएको छ । तर माक्पामा कुकुरको शालिक स्थापना गर्नुको सन्दर्भ भने फरक छ । माक्पामा बसोबास गरिरहेका दुमी राईको इतिहाससँग जोडिएको हुँदा ‘माकी/माखी’ नामको कुकुरको मूर्ति राखिएको हो । साविकको माक्पा–३ दुम्नीडाँडा (पुर्खाड...

वीरेन्द्रचोकमा पूर्वराजाको शालिक राखिँदै

नेपालगञ्ज – नेपालगञ्जको मुख्य चोकको रुपमा रहेको वीरेन्द्रचोकमा पूर्वराजा स्व। वीरेन्द्र शाहको शालिक राख्ने तयारी गरिएको छ। बाँकेवासीको जनताको नाममा राजावादीहरुले पूर्वराजा वीरेन्द्रको शालिक राख्न खोजेका हुन्। शालिक राख्ने अभियान्तामध्येका एक भीम शाहीले पूर्वराजाको शालिक बनेर आइसकेको र राजनीतिक दल, प्रशासनसँग सल्लाह र छलफलपछि राख्ने बताए। दोस्रो जनआन्दोलन अघिसम्म चोकमा वीरेन्द्रको शालिक थियो। २०६२/६३ को […]

नगरपालिकाले भत्कायो महाकवि देवकोटाको शालिक

नारायण नगरपालिका दैलेखले महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक भत्काएको छ। दैलेख सदरमुकामको मुख्य बजारमा रहेको देवकोटाको शालिक डोजर चलाएर नगरपालिकाले भत्काएको हो।...

पृथ्वीनारायण शाहको शालिक तोडेर यहाँ क कस्को शालिक ठड्याइँदैछ (भिडियोसहित)

काठमाडौं, १८ असार । नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको शालिक तोडेर आज नेताका दिवंगत छोराछोरीको शालिक ठड्याउन थालिएको छ । पृथ्वीनारायण शाहको नाम मेटेर नेपाली जनतमाथि गोली दाग्दा मारिएकाहरुको नाम राख्न थालिएको छ । आखिर मुलुक कता जाँदैछ । के हुँदैछ मुलुकमा ?

प्रहरीको आँखा छलेर त्रिभुवनको शालिक ठड्याइयो

नेपालगन्जको त्रिभुवन चोकमा १५ वर्षपछि राजा त्रिभुवनको शालिक पुनर्स्थापना गरिएको छ। राजावादीहरूको संस्था स्वतन्त्र बाँकेवासी जनताको नाममा शनिबार मध्यान्न १२ बजेतिर पुनस्थापना गरिएको हो। धम्बोझीमा वीरेन्द्रको शालिक पुर्स्थापना गर्ने भनेर हल्ला चलाएर प्रहरीको आँखा छलेर त्रिभुवनको शालिक राखेका हुन्। ‘छापामार शैलीमा शालिक राख्न सफल भएका हौं’, शालिक राख्नेमध्येका एकले भने, ‘वीरेन्द्रको शालिक राख्दैछन् भनेर प्रहरी सबै धम्बोझीमा खटाइयो। यता त्रिभुवन चोकमा शालिक राख्न सफल भएका हौं।’, अन्नपूर्ण पोस्टमा खबर छ ।

सुर्खेतमा राखियो राजा वीरेन्द्रको शालिक

सुर्खेत : विवादका बीच सुर्खेतको वीरेन्द्रनगरमा राजा वीरेन्द्रको शालिक पुनःस्थापना गरिएको छ । स्वतन्त्र सुर्खेतबासी जनता समूहले २०६२-६३ सालको जनआन्दोलनका क्रममा भत्काइएको शालिक पुनःस्थापना गरेको हो।वीरेन्द्र चोकमा राजा वीरेन्द्रको शालिक राख्ने-नराख्ने विषयमा यहाँ ठूलो विवाद थियो। विवादकै बीच स्वर्गीय राजा वीरेन्द्रको ७७ औँ जन्मजयन्तीका अवसरमा उक्त समूहले एक्कासि अर्धकदको शालिक राखेको हो।दुई वर्षअघि चौक पुनः निर्माण गर्दा स्थानीयवासीले शालिक पुनःस्थापना गर्न वीरेन्द्रनगर नगरपालिकालाई दबाब दिए

सुर्खेतमा राखियो राजा वीरेन्द्रको शालिक

सुर्खेतको वीरेन्द्रनगरमा राजा वीरेन्द्रको शालिक पुनःस्थापना गरिएको छ । स्वतन्त्र सुर्खेतबासी जनता समूहले २०६२÷६३ सालको जनआन्दोलनका क्रममा भत्काइएको शालिक आज पुनःस्थापना गरेको हो ।  वीरेन्द्र चोकमा राजा वीरेन्द्रको शालिक राख्ने÷नराख्ने विषयमा ठूलो विवाद थियो । विवादकै बीच स्वर्गीय राजा वीरेन्द्रको ७७ औँ जन्मजयन्तीका अवसरमा उक्त समूहले एक्कासि अर्धकदको शालिक राखेको हो । यस समूहको अगुवाई गोरक्ष पीठाधीश योगी बलभद्रले गरेका छन् ।

भारतमा रोनाल्डोको शालिक विवादमा

एजेन्सी, १४ पौष । भारतमा पोर्चुगलका फुटबल स्टार रोनाल्डोको शालिक विवादमा परेको छ । हालैमात्र अनावरण गरिएको रोनाल्डोको शालिक भारतको पश्चिमी राज्य गोवामा छ । उक्त राज्य पोर्चुगलको उपनिवेश थियो । गोवा फुटबल मन पराउने राज्यमध्ये पर्छ । गोवाबासी पोर्चुगलको राष्ट्रिय टिमलाई मन पराउँछन् । त्यसकारण पनि युवाहरुको माग अनुसार शालिक निर्माण गरी अनावरण गरिएको […]

अनावरणको अघिल्लो दिन चोरिएको शालिक भेटियो

हेटौंडा : अनावरणको अघिल्लो दिन चोरी भएको मकवानपुरका लोककवि गणेशलाल श्रेष्ठको शालिक फेला परेको छ। चोरी भएको शालिक भीमफेदी गाउँपालिका-६ चिसापानी पुलनजिक फोहोर फाल्ने ठाउँमा फेला परेको हो।मकवानपुरको पुरानो सदरमुकाम भीमफेदी बजारमा बनाइएको मकवानपुरका लोककवि गणेशलाल श्रेष्ठको अर्धकदको शालिक शनिबार राति चोरी भएको थियो।शालिकलाई इलाका प्रहरी कार्यालय भीमफेदीमा सुरक्षित राखिएको जनाइएको छ।कवि श्रेष्ठको शालिक आइतबार बिहान अनावरण गर्ने कार्यक्रम थियो। तर, शनिबार राति नै शालिक चोरिएको थियो।