बिल बिजक नभएको भन्दै १ करोड ३६ लाख रुपैयाँ बराबरको सामान सहित तीन ट्रक प्रहरी नियन्त्रणमा

पर्सा । जिल्लाको बिराटनगर महानगरपालिका १४ स्थित चण्डाल चोकबाट असार २९ गते सशस्त्र प्रहरीले करीव १ करोड ३६ लाख ९७ हजार रुपैयाँ बराबरको सामान सहित तीन वटा ट्रक नियन्त्रणमा लिएको जनाएको छ । बिरगंजबाट पथलैयातर्फ जाँदै गरेको बा.प्र ०३–१३–००१ ख १९९७, ना. ६ ख ४४४६, ना. ७ ख २३३५ नम्बरको ट्रकमा जाँच गर्दा बिल बिजकमा उल्लेखित मुल्य भन्दा बढि सामान देखिएपछि नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।  नियन्त्रणमा लिइएका ट्रकहरुमा किसमिस, भटमास, पिल्लो, नेटकटन लगायतका सामानहरु रहेका   छन् । नियन्त्रणमा लिइएका तीन वटै ट्रक आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ । 

सम्बन्धित सामग्री

नक्कली प्रहरी नियन्त्रणमा

आफू प्रहरी भएको भन्दै ठगी गरेर हिँडेको आरोपमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढि नगरपालिकाका ललित बानियाँलाई पक्राउ गरिएको हो।...

तीन ट्रक प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय बाराले भन्सार छली गरी ल्याइएको आशंकामा तीन वटा ट्रकलाई नियन्त्रणमा लिएको छ।...

श्रीमतीको हत्या आरोपी पूर्णबहादुर प्रहरी नियन्त्रणमा

मङ्गलबारे, २५ साउन । श्रीमतीको हत्या गरी फरार रहेका पूर्णबहादुर तामाङलाई इलाम जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । इलाम सूर्योदय नगरपालिका–२, सयपत्री टोलमा सोमबार राति श्रीमतीको हत्या गरी फरार रहेका तामाङलाई सोही वडाको लालिखर्कबाट पशुपतिनगरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको थियो । निज तामाङलाई हाल इलाका प्रहरी […]

दुई जेसीबी प्रहरी नियन्त्रणमा

कपिलवस्तु । मापदण्डविपरीत नदीजन्य पदार्थ अनियन्त्रित दोहन गरिरहेका दुई जेसीबी प्रहरीले नियन्त्रणमा लिएको छ । शिवराज नगरपालिका–९ शिवगढी भक्रम खोलाको ठेक्का लिएको राधारोशन निर्माण सेवाले अनियन्त्रित दोहन गर्दै आएको स्थानीय दाबी छ । स्थानीय गुनासोपछि अनुगमन क्रममा नगरप्रमुख अजय थापाले अनियन्त्रित दोहन भइरहेको फेला पारेको बताए । सुरक्षाकर्मीसहितको टोलीले अनुगमन क्रममा लु१क ३३५३ र लु१क […] The post दुई जेसीबी प्रहरी नियन्त्रणमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाटै प्रहरी नियन्त्रणमा

काठमाडौं।नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाटै प्रहरी नियन्त्रणमा परेका छन्।बारामा बस दुर्घटना हुँदा १५ जनाको अवस्था चिन्ताजनक रहेको छ।मेडिकल परीक्षणका लागि सन्दीप लामिछानेलाई अस्पताल लगिएको छ।मनसुन पुन सक्रिय भएपछि बाढी पहिरोको जोखिम बढ्दै छ।लगातारको वर्षाले गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ।

बलात्कारको आरोप लागेका क्याम्पस प्रमुख प्रहरी नियन्त्रणमा

बैतडी : बलात्कारको आरोप लागेका बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगी प्रहरी नियन्त्रणमा रहेका छन्।कैलाली घर भइ बैतडीको पुर्चौंडीमा ज्याला मजदुरी गर्दै आएकी एक महिलामाथि क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लागेको छ। यही असार २० गते पानी माग्ने निहुँमा नेगीले महिलाको बलात्कार गरेको आरोप लागेको हो।आरोप लागेपछि नेगी आज आफैँ जिल्ला प्रहरी कार्यालय पुगेका हुन्। नियन्त्रणमा रहेका नेगीमाथि थप अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रवक्ता रहेका प्रहरी निरीक्षक लोकराज जोशी

प्रहरी नियन्त्रणमा परेका बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्षसहित ११ जना रिहा

झापा – बुधबार दिउँसो प्रहरी नियन्त्रणमा परेका बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी तथा वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेसहित ११ जना बिर्तामोडका व्यापारी रिहा भएका छन्। नियन्त्रणमा लिइएको ६ घण्टापछि उनीहरूलाई रिहा गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई बिर्तामोड नगरपालिकाको गेटबाट बुधबार दिउँसो साढे १ बजे प्रहरीले नियन्त्रणमा लिएको थियो। बुधबार साँझ साढे सात बजे उनीहरूलाई […]

विद्यार्थीमाथि यौन दुर्व्यवहार आरोप लागेका तीनै जना शिक्षक प्रहरी नियन्त्रणमा

हेटौंडा : यौन दुर्व्यहारको आरोप लागेका वाग्मती गाउँपालिका–८, शान्तिपुरस्थित जनता माविका तीनै जना शिक्षक पक्राउ परेका छन्। यसअघि चैत २५ गते एक शिक्षक हेमबहादुर विक आफै प्रहरी नियन्त्रणमा आएका थिए। शुक्रबार साँझ प्रहरीले थप २ जना शिक्षकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए। उनले गएराति…

बालिका हत्या प्रकरण : न्याय माग्ने महिला प्रहरी नियन्त्रणमा, युट्युबर पनि पक्राउ

२ चैत, विराटनगर । डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्याको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलन गर्ने महिलालाई प्रहरी नियन्त्रणमा लिएको छ । मंगलबार महेन्द्र राजमार्ग अवरुद्ध गरेर आन्दोलन गर्न खोज्ने ८ जना महिलाहरुलाई नियन्त्रणमा लिएको हो । राजमार्ग अवरुद्ध गरेका कारण नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । पक्राउ परेकाहरुमा […]