युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले देशको २० प्रतिशत भूभाग आफ्नो कब्जामा लिएको बताएका छन् । युक्रेनमा रुसले गरेको आक्रमणको सय दिन पूरा हुन लागेको बेला लक्जेम्बर्गमा सांसदहरूलाई भिडियो लिङ्कमार्फत सम्बोधन गर्दै उनले दुई देशबीचको फ्रन्टलाइन एक हजार किलोमिटरसम्म फैलिएको बताए । साथै रुसको लडाई-तयार सेना सीमा क्षेत्रमा तैनाथ रहेको पनि उनले जानकारी दिए ।अर्कोतर्फ, रुसी सेनाले पूर्वी डोनबास क्षेत्रको सेभेरोडनेस्क सहरमा आक्रमणलाई तीव्रता दिइरहेको छ। बेलायती रक्षा अधिकारीहरूले रुसले सहरको अ