पर्वतको कुश्मालाई चार बर्षभित्रमा बालमैत्री नगर बनाउने प्रतिबद्धता

पर्वत । पर्वतको कुश्मा नगरपालिकालाई चार बर्षभित्रमा बालमैत्री शासनयुक्त नगर बनाउन नगरपालिकाका जनप्रतिनिधीहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । कुश्मालाई २०८३ चैत मसान्त सम्ममा बालमैत्री नगरपालिका घोषणा गर्ने तयारी भएको हो । बालमैत्री शासनका विज्ञहरु, कुश्मा नगरपालिकाका जनप्रतिनिधी तथा कर्मचारी, सामाजिक विकास कार्यालय र बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरुको बिचमा भएको ‘बालमैत्री स्थानीय शासन प्रवद्र्धन तथा […]

सम्बन्धित सामग्री

पालिकाले बालमैत्री स्थानीय तह बनाउने प्रतिबद्धता

गोरखाका ११ वटै पालिकाले बालमैत्री स्थानीय तह बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । बिहीबार गोरखा सदरमुकाममा आयोजित बालबालिका ऐन २०७५ को कार्यान्वयनसम्बन्धी कार्याशाला गोष्ठीमा ऐन कार्यान्वयनका लागि नौ बुँदे साझा प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् ।

यसरी भयो चन्द्रागिरि–३ बालश्रम मुक्त

काठमाडौँ : आज काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर ३ लाई एक भव्य समारोहका बीच बालश्रम मुक्त भएको घोषणा गरिएको छ। उक्त वडा भित्र फेला परेका १८ जना बालबालिका मध्ये केहीलाई स्कुल भर्ना गरिएको र केहीलाई घर फिर्ता गरी आज बालश्रम मुक्त घोषणा गरिएको वडाध्यक्ष दुर्गालाल महर्जनले जानकारी दिए।बालश्रम मुक्त बनाउनका लागि विभिन्न २० वटा सूचकहरू पार गर्नुपर्छ। यसअघि विभिन्न चरणमा कार्यक्रम तथा अनुगमन गरी बालश्रम मुक्त घोषणा गरिएको बताउँदै वडाध्यक्ष महर्जनले अब वडालाई छिटोभन्दा छिटो बालमैत्री बनाउने

बालमैत्री पालिका बनाउने अभियान

काठमाडौँ, २९ जेठ । म्याग्दीको रघुगङ्गा गाउँपालिकालाई बालमैत्री पालिका बनाउने प्रतिबद्धता पत्र जारी गरिएको छ । बालमैत्री शासकीय व्यवस्थाको अवलम्बन गर्नका लागि गर्भावस्थादेखि १८ वर्ष उमेर नपुगेका बालबालिकाको बाल संरक्षण, बाल विकास, बाल बचाउ, बाल सहभागितासम्बन्धी ५१ सूचकलाई पूरा गर्न आवश्यक तयारी सुरु गरिएको हो । सामाजिक विकास कार्यालयको आयोजना, गाउँपालिकाको समन्वय र मिलन म्याग्दीको […]

बेंसीशहर नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गरिने

लमजुङ- लमजुङको बेंसीशहर नगरपालिकालाई २०८२ भित्र बालमैत्री नगरपालिका घोषणा गर्न सरोकारवालाहरूले प्रतिबद्धता जनाएका छन् । नगरपालिकाका सरोकारवालाहरूले ‘बालअधिकार र बालमैत्री स्थानीय शासन प्रवर्द्धनमा ऐक्यबद्धता, बेंसीशहर नगरपालिकालाई बालमैत्री बनाउने हाम्रो प्रतिवद्धता, बालअधिकारको सम्मान र बालमैत्री स्थानीय शासनका लागि हामी प्रतिवद्ध छौं’ भनी १० बुँदै प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेर प्रतिवद्धता गरेका छन् । ग्रामीण सामुदायिक विकास केन्द्र […]

बेँसीसहर नगरपालिका बालमैत्री

लमजुङको बेँसीसहर नगरपालिकालाई २०८२ सालभित्र बालमैत्री नगरपालिका घोषणा गर्ने प्रतिबद्धता जनाइएको छ। ‘बालअधिकार र बालमैत्री स्थानीय शासन प्रवद्र्धनमा ऐक्यबद्धता, बेँसीसहर नगरपालिकालाई बालमैत्री बनाउने हाम्रो प्रतिबद्धता, बाल अधिकारको सम्मान र बालमैत्री स्थानीय शासनका लागि हामी प्रतिबद्ध छौँ’ भन्ने नाराका साथ १० बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षरसमेत गरिएको छ।