नेपाली काँग्रेसमा १४ औं महाधिवेशनको प्रारम्भिक मतदाता (क्रियाशील सदस्य)को निर्क्योल गर्ने काम भइरहेको छ । क्रियाशील सदस्यता विवाद छानविन समितिले दिनरात नभनी विवाद टुङ्ग्याउन काठमाडौंको गौशालास्थित नेपाल–भारत मैत्री धर्मशाला भवनमा बसेर काम गरिरहेको छ ।काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा सदस्यहरु आनन्द ढुंगाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरी धर्मशालामै बसेर क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन अहोरात्र काम गरिरहेका छन्