ई-सेवाको पैसा एभरेष्टको एटीएमबाट झिक्न सकिने

एभरेष्ट बैंकको एटीएमबाट ई-सेवामा भएको पैसा झिक्न पाइने भएको छ । बुधबार एभरेष्ट बैंकका डिसिओ विजयकुमार श्रेष्ठ र ई-सेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदीश खड्काले यसबारेको सम्झौता गरेका छन् । यस्तो सम्झौता नेपालमा पहिलो पटक भएको एभरेष्ट बैंकका डिसिओ श्रेष्ठले बताए । यो सम्झौताले ई–सेवाका ग्राहकलाई थप सुविधा मिल्ने भएको छ । यसअघि पनि ई-सेवाले […]

सम्बन्धित सामग्री

अभियान टिप्स : कार्डविना एटीएमबाट कसरी पैसा निकाल्ने ?

काठमाडौं। अहिले तपाईंहरू एटीएममा पैसा झिक्न जाँदा त्यहाँ ‘कार्डलेस सेवा’ भनेको देख्न सक्नुहुन्छ । त्यो भनेको तपाईंले एटीएम कार्डविना नै पैसा झिक्न पाउने सेवा हो । एटीएम कार्ड नबोक्दा पनि एटीएम मेसिनबाट पैसा झिक्न मिल्छ भने वार्षिक ५०० रुपैयाँ तिरेर किन उक्त कार्ड चलाउने ? मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले त्यसमा अतिरिक्त शुल्क नतिरेरै यो सेवा लिन सक्छन् । त्यसका लागि ग्राहकहरू स्मार्टफोन प्रयोगकर्ता भने हुनैपर्छ ।  मोबाइल बैंकिङ सेवा लिएका ग्राहकका लागि कार्ड र चेकविनै पैसा निकाल्न मिल्ने यो अतिरिक्त सुविधा हो । कोभिड अघिसम्म बैंकका ग्राहकले एटीएम कार्डबाट वा चेक काटेर मात्रै आफ्नो खातामा भएको पैसा निकाल्न पाउँथे । कसरी लिने कार्डलेस सेवा ?  कार्डलेस एटीएम सेवा लिन पहिला त तपाईंले मोबाइल बैंकिङ सेवा लिनुपर्छ । मोबाइल बैंकिङको सुविधा तपाईंसँग छ भने सम्बन्धित बैंकको मोबाइल एपमा ‘कार्डलेस विथड्र’ सेलेक्ट गर्नुपर्छ । त्यसपछि तपाईंले झिक्न चाहेको रकम ५०० रुपैयाँले गुणन हुनेगरी उल्लेख गर्नुपर्छ । त्यसपछि विथड्रमा क्लिक गर्नुभयो भने तपाईंको रजिष्ट्रेड मोबाइल नम्बरमा ओटीपी कोड आउँछ । त्यसपछि एटीएम मेसिनमा भएको कार्डलेस विथड्र बटनमा थिचेर कार्डलेस सेवाका लागि प्रक्रिया शुरू गर्नुपर्ने हुन्छ । एटीएममा भाषा छनोट गरेपछि मोबाइल बैंकिङमा दर्ता भएको आफ्नो मोबाइल नम्बर राखेर आफूले निकाल्न चाहेको रकम उल्लेख गर्नुपर्छ । उक्त रकम र प्रयोगकर्ताले मोबाइल बैंकिङमा प्रविष्ट गरेको अघिल्लो रकम भने एउटै हुनुपर्छ ।  प्रयोगकर्ताले आफ्नो मोबाइलमा अघि प्राप्त गरेको ओटीपी नम्बर राखेपछि एटीएम कार्डविना नै एटीएमबाट आफूले निकाल्न चाहेको पैसा निकाल्न सकिन्छ । ग्राहकले एकपटकमा न्यूनतम ५०० देखि अधिकतम २५ हजार रुपैयाँसम्म झिक्न सक्नेछन् । त्यस्तै एक दिनमा १ लाख रुपैयाँ र एक महीनामा ४ लाख रुपैयाँसम्म झिक्न सकिन्छ । बढ्दैछन् कार्डलेस सेवा प्रयोगकर्ता  नेपालमा कोभिड संक्रमण फैलिएको समयमा धेरै मानिस एटीएमबाट पैसा निकाल्न डराउँथे । त्यसैले कोभिड संक्रमणको समयमा नेपाली बैंकहरूले कार्डलेस एटीएमको आवश्यकता महसुस गरी यसको शुरुआत गरेका थिए । यसको माध्यमबाट पैसा झिक्ने ग्राहक निरन्तर बढिरहेका छन् । पहिला चेक र एटीएमबाट मात्रै पैसा झिक्न मिल्थ्यो । एटीएम बिर्सिए/हराए वा एटीएमको पिनकोड बिर्सिएमा पनि ग्राहकलाई पैसा झिक्न अप्ठ्यारो नहोस् भनेर एटीएमबाट पैसा निकाल्ने सुविधा मोबाइल बैंकिङसँग जोडिएको हो । कार्डलेस एटीएमका फाइदा एटीएम कार्ड बोक्न नपर्ने, एटीएमको वार्षिक नवीकरण शुल्क बचत हुने लगायत कार्डलेस एटीएमका राम्रा पक्ष हुन् । तर, कार्डलेस सेवा अहिले सीमित बैंकको च्यानलभित्र मात्र कायम छ । यसका लागि कुनै पनि शुल्क लाग्दैन । मोबाइल बैंकिङ सेवाकै शुल्कमा यो सेवा दिइएको छ । अहिले सम्बन्धित बैंकको एटीएम सञ्जालबाट मात्रै यो सेवा लिन पाइन्छ । तर, आगामी दिनमा अन्तर–बैंक एटीएमबाट पनि कार्डलेस सेवा दिन सकिने बैंकरहरू बताउँछन् ।  नेपालमा कार्डलेस एटीएम सेवाको इतिहास नेपालमा कोभिड संक्रमणको समयमा साविक सन्राइज बैंकले पहिलोपटक कार्डलेस एटीएमको शुरुआत गरेको थियो । अहिले यो सुविधा केही बैंकले दिँदै आएका छन् । नेपालमा कार्डलेस एटीएम सेवा नेपाल इलेक्ट्रोनिक भुक्तानी प्रणालीबाट सञ्चालित हुने गरेको छ । अहिले मोबाइल बैंकिङको प्रयोगकर्ता बढ्दै गएका छन् । मोबाइल बैंकिङको प्रयोगकर्ता बढेसँगै कार्डलेस एटीएमको प्रयोगकर्ता पनि आउने दिनहरूमा बढ्ने बैंकहरूको विश्वास छ ।

इसेवामा रहेको रकम विना कार्ड एटीएममार्फत् झिक्न सकिने

काठमाडौ । भुक्तानी सेवा प्रदायक इसेवाका प्रयोगकर्ताले अब आफ्नो इसेवा खातामा रहेको रकम एटीएम मेसिन मार्फत पनि सहजै झिक्न सक्ने भएका छन् । इसेवाले एभरेष्ट बैंकसँगको सहकार्यमा इसेवा खातामा रहेको रकम एटीएमबाट समेत झिक्न सकिने सेवाको सुरूवात गरेको हो । इसेवामा रहेको रकम एटीएमबाट निकाल्दा कुनै किसिमको कार्ड प्रयोग गर्नुनपर्ने कम्पनीले जनाएको छ । इसेवाका […]

ज्योति विकास बैंकको कार्डरहित रकम निकाल्ने सेवा

ज्योति विकास बैंकले डेबिट कार्ड बिना नै एटीएमबाट पैसा निकाल्न सकिने गरि कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ । यो सुविधा अन्तर्गत ग्राहकले बैंकको मोबाइल बैंकिङ एप तथा वेब ब्राउजरमार्फत प्राप्त ओटीपी कोडलाई एटीएम मेसिनमा प्रयोग गरि सहज र सुरक्षित तरिकाले रकम झिक्न सक्नेछन् । डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै ग्राहकलाई सहजता प्रदान गर्ने हेतुले यस […]

माछापुच्छ्रे बैंकको बिना कार्ड एटीएमबाट पैसा झिक्न सकिने

माछापुच्छ्रे बैंकले एमबिएल कार्डलेस विथड्रल सेवा सञ्चालनमा ल्याएको छ । बैंकले डिजिटल बैंकिङ सुविधालाई हरेक तह र तप्कासम्म पु¥याउने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।यो सेवामा हाल डेबिट कार्ड प्रयोग गरी एटीएमबाट रकम झिक्दै आएका माछापुच्छ्रे बैंकका ग्राहकहरूले अब सहजै मोबाइल बैंकिङ सेवा उपयोग गरी कार्डलेस विथड्रल अप्सन गई बैंकको एटीएमहरुबाट नगद झिक्न […]

माछापुछ्रे बैंकले ल्यायो कार्डविना पैसा झिक्न सकिने सुविधा

काठमाडौं । माछापुछ्रे बैंकले कार्डविना पैसा झिक्न सकिने सुविधा ल्याएको छ । हाल डेबिट कार्ड प्रयोग गरी एटीएमबाट रकम झिक्दै आएका बैंकका ग्राहकले अब मोबाइल बैंकिङ सेवा उपयोग गरी ‘कार्डलेस वीथड्रवल’ सुविधा प्रयोग गरी एटीएमबाट पैसा झिक्न सक्नेछन् । यस प्रक्रियामा आएको ओटीपी कोड भने गोप्य र सुरक्षित राखी कारोबार गर्न...

एनआईसी एसियामा मोबाइल बैंकिङ्ग एपबाटै रकम झिक्न सकिने

काठमाडौँ – एनआईसी एसिया बैंकले मोबाइल बैंकिङ्ग एप प्रयोग गरी एटीएमबाट कार्डविनै नगद रकम झिक्न सकिने सुविधा सुरु गरेको छ। बैंकमा खाता खोली मोबाइल बैंकिङ सेवा लिएका ग्राहकहरूले देशभर रहेका ४७३ वटा एटीएमबाट यो सेवा प्रयोग गरी जुनसुकै समयमा नगद निकाल्न सकिने बैंकले जनाएको छ। बैंकका अनुसार बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले एपभित्र रहेको कार्डलेस विथड्रल […]

अब कार्डबिनै एनआईसी एसिया बैंकको एटीएमबाट पैसा निकाल्न सकिने, यस्तो छ तरिका

एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ्ग एप प्रयोग गरी एटीएमबाट कार्डबिनै नगद रकम झिक्न सक्ने भएका छन् । बैंकले कार्डलेस विदड्रल सेवा दिन थालेको हो । बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकले देशभर रहेका ४७३ वटा एटीएमबाट यो सेवा प्रयोग गरी जुनसुकै समयमा नगद निकाल्न सक्ने बैंकले जानकारी दिएको छ ।  यो सुविधा प्रयोग गर्न एनआईसी बैंकको मोबाइल एप प्रयोगकर्ताले एपभित्र रहेको कार्डलेस विदड्रल आइकनमा ट्याप गरेर त्यसभित्र आफुले निकाल्न चाहेका रकम उल्लेख गरेर ट्रान्ज्याक्सन पिन वा फिङ्गरप्रिन्ट राखेर प्रमाणीकरण गरेपश्चात् आफ्नो बै...

अब एटीएम कार्ड बिनै नगद झिक्न सकिने

एन आई सी एशिया बैंकले मोबाइल बैंकिङ एप प्रयोग गरी एटीएमबाट कार्ड बिनै नगद रकम झिक्न सकिने सुविधाको शुरु गरेको छ ।

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई छुट

मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिने भएको छ । सोही अभियान अन्र्तगत बैंकका कार्डवाहक ग्राहकहरुले काठमाडौंको बूढानिलकण्ठ स्थित होटल सबरीनाका विभिन्न सेवामा १० प्रतिशत छुट पाउने गरी सम्झदारी गरेको छ ।विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ […]