सामाजिक सञ्जाल फेसबुकले अस्ट्रेलियाका सबै समाचारलाई आफ्नो प्लेटफर्ममा बन्द गरेको छ । अस्ट्रेलिया सरकारले फेसबुक र गुगलमा उपलब्ध हुने समाचारको पैसा तिर्नुपर्ने नियम लगाउने मिडिया कोड संसद्बाट पारित गर्ने बताइरहेको बेला फेसबुकले उक्त निर्णय गरेको हो ।