ओलीको गृहनगरमा एमाले पराजित, दमकमा राप्रपाका राम थापा विजयी

झापाको दमक नगरपालिकामा राप्रपाका राम थापा विजयी भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगरमा राप्रपाका थापा विजयी भएका हुन् । थापा विजयी भएकोबारे निर्वाचन आयोगले औपचारिक घोषणा गरिसकेको छैन । झापामा सत्ता गठबन्धनसहित राप्रपाको गठबन्धन रहेको थियो भने एमाले एक्लै लडेको थियो । योसँगै दमकमा एमालेको लामो समयदेखिको विरासत ढलेको छ ।

सम्बन्धित सामग्री

ओलीको गृहनगरमा राप्रपाका थापा विजयी

झापा,जेठ ६ । झापाको दमक नगरपालिकामा राप्रपाका राम थापा विजयी भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगरमा राप्रपाका थापा विजयी भएका हुन् । थापाले १७ हजार ५२५ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेकी गीताकुमारी पौडेल अधिकारीले १६ हजार ९६६ मत प्राप्त गरेकी छिन् । उपमेयरतर्फ भने कांग्रेसकी रेगीना भट्टराईले १७ हजार […]

दमकमा ओलीलाई धक्का, ५५९ मतान्तरले राप्रपाका थापाले मारे बाजी

एमालेको दवदवा रहेको झापाको दमक नगरपालिकामा राप्रपा विजयी भएको छ । दमक एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला हो । जहाँ राप्रपाका मेयर पदका उम्मेदवार राम थापा एमालेको गढ भत्काउँदै ५५९ मतान्तरले विजयी भएका हुन् । थापाको जितसँगै ओलीलाई आफ्नै गृहनगरमा धक्का लागेको छ । मेयरमा विजयी राम थापाले १७ हजार ५२५ मत पाउँदा एमालेका उम्मेदवार गीता कुमारी अधिकारी पौडेलले १६ हजार ९६६ मत पाइन् । यसैगरी उपप्रमुखमा पनि एमाले पराजित भएको छ । एमालेका उम्मेदवारलाई हराउँदै काँग्रेसका उम्मेदवार विजयी भएका हु

ओलीको गृहनगर दमकमा राप्रपाका राम थापा १३५ मतले अगाडि

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा महागठबन्धनले अग्रता लिएको छ । महागठबन्धनका तर्फबाट राप्रपाका राम थापाले १२ हजार ७ सय ४४ मत ल्याउँदा एमालेका उम्मेदवार गीताकुमारी पौडेल अधिकारीले १२ हजार ६ सय ९ मत पाएकी छिन् ।उपप्रमुखमा भने एमालेका अम्बिका प्रसाद खनालले १२ हजार ४ सय ८४ मत ल्याउँदा महागठबन्धनकी कांग्रेस उम्मेदवार रेगिना भट्टराईले १२ हजार ४ सय ६ मत ल्याएकी छिन् ।

दमकमा महागठबन्धनका उम्मेदवार राम थापा पछि परे

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा महागठबन्धनका उम्मेदवार राम थापा पछि परेका छन् । राप्रपाका उनलाई सत्ता गठबन्धनकै समर्थन रहेको छ । तर प्रारम्भिक मतगणनाअनुसार उनी ७९ मतका साथ दोस्रो स्थानमा छन् । एमाले उम्मेदवारले ९६ मत पाएका छन् । यस्तै उपप्रमुखमा एमालेका उम्मेदवारले ७८ मत पाउँदा कांग्रेसका उम्मेदवारले ९० मत पाएका छन् ।

दमकका राप्रपा उम्मेदवार राम थापा अस्वस्थ, उपचार हुँदै

झापा – राप्रपासहितको सत्ता गठबन्धनका तर्फबाट झापाको दमक नगरपालिकाका लागि मेयर पदका उम्मेदवार अकस्मात अस्वस्थ भएपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ। उनी बिहीबारदेखि प्रतिष्ठानमा उपचाररत छन्। राप्रपाका पुराना नेता थापालाई विगतदेखि नै मधुमेह तथा उच्च रक्तचापको समस्या रहेको राप्रपा झापाका अध्यक्ष केशव ओझाले जानकारी दिए। उनले भने, ‘चुनाव प्रचारका क्रममा […]

दमकका मेयरका उम्मेदवार राम थापा कांग्रेसको बुइ चढेः ओली

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमक नगरपालिकाका लागि मेयर पदका उम्मेदवार राप्रपाका नेता राम थापा नेपाली कांग्रेसको बुइ चढेको बताएका छन्। मंगलबार झापाको दमकमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले थापाले मेयरको टिकट ल्याएपछि कांग्रेसका नेता तथा कार्यकाल जिल्ल परेको बताए। उनले भने, ‘सट्याकसुटुक भएको साँठगाँठबाट राम थापाले मेयरको टिकट […]

ओलीको गृहनगरमा राप्रपाले गर्यो मेयरको दाबी

झापा । दमक नगरपालिका एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो । यहाँ गर्मी ह्वात्तै बढेको छ । मध्यान्हमा मुख्य चोकमा ओर्लिएपछि हामीले अटो चालकलाई सोध्यौँ, तपाईंलाई राप्रपाका नेता राम थापाको घर थाहा छ ? दमकबासीलाई राम थापाको घर थाहा नहुने कुरै भएन । हामी अटो चढेर थापाको घरमा पुग्यौं । चुनावको मुखमा दमकमा राप्रपा नेता राम थापा खोजीनीति सधैँ हुने गर्छ । राम थापा राप्रपाका प्रदेश १ का अध्यक्ष हुन् । पार्टी विभाजन हुँदा अहिले उनी कमल थापातिर नलागेर राजेन्द्र लिङ्देनसँगै छन् । चुनावमा उनलाई राप्र

यी हुन् राप्रपाका सातै प्रदेशका अध्यक्ष

काठमाडौं ; राप्रपाको आइतबार सातवटै प्रदेशको एकैसाथ सुरु भएको प्रदेश अधिवेशन सम्पन्न भएको छ। केही प्रदेशमा सर्वसम्मत र केही प्रदेशमा मतदानबाट परिणाम आएको छ।प्रदेश नम्बर १ मा भक्ति सिटौलालाई पराजित गर्दै राम थापा, गण्डकी प्रदेशमा मदनबहादुर कार्कीलाई पराजित गर्दै हेमजङ्ग गुरुङ र लुम्बिनी प्रदेशमा ऋषिराज देवकोटालाई पराजित गर्दै प्रदीपकुमार उदय मतदान प्रक्रियाबाट अध्यक्ष पदमा निर्वाचित भएका छन् भने प्रदेश नम्बर दुईमा भरत गिरी, बागमती प्रदेशमा विक्रम बहादुर थापा, कर्णाली प्रदेशमा दीपबहादुर शाही र

राप्रपा प्रदेश १ को अध्यक्षमा राम थापा निर्वाचित

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश १ को अध्यक्षमा राम थापा निर्वाचित भएका छन्। थापा राप्रपाका पुराना नेता हुन्। उनले प्रतिष्पर्धी भक्ति सिटौलालाई हराउँदै थापा प्रदेश अध्यक्ष निर्वाचित भएका हुन्। दुइजनाबीच ३८ मतको अन्तर रहेको जनाएको छ। आज प्रदेश १ को अध्यक्ष चयनका लागि निर्वाचन भएको हो।