स्पेनमा भएको भारी हिमपातका कारण स्थगित गरिनुपर्ने खेल जबरजस्ती खेलाइएको आरोप लगाउँदै रियालका प्रशिक्षक जिदानले सो किसिमका टिप्पणी गरेका हुन्।ओसासुनासँग बराबरीमा रोकिएपछि रियालले एट्लेटिको मड्रिडलाई पछि पार्दै ला लिगाको शीर्ष स्थानमा उक्लिने अवसरसमेत गुमाएको छ।यता बार्सिलोना भने लियोनल मेसीको दुई गोल प्रेरणाबाट ग्रानाडामाथि ४–० को सहज जितका साथ लिगको तेस्रो स्थानमा उक्लिएको छ।शनिबारै एट्लेटिको बिल्बाओविरुद्धका लागि तय भएको खेल स्थगित भएको थियो।