काठमाडौं : यहाँको क्षेत्र नम्बर-७ मा एमालेबाट विद्रोह गरी बागी उम्मेदवारी दिएका पूर्वमन्त्री रामवीर मानन्धरले आफूले यसपटक अत्यधिक मतले विजयी हुने दाबी गरेका छन्। त्यस्तै, आगामी कुनै पनि निर्वाचन नलड्ने घोषणा गरेका छन्।बिहीबार बालाजुमा पत्रकार सम्मेलन गरी नेता मानन्धरले बाँकी काम पूरा गर्नका लागि योपटक आफू घण्टाघर चुनाव चिन्ह लिएर उम्मेदवार भएको बताउँदै आगामी दिनमा कुनै पनि निर्वाचन नलड्ने घोषणा गरेका हुन्।काठमाडौं-७ मा अघिल्ला दुई संसदीय निर्वाचन अत्याधिक मतसहित जितेका मानन्धरलाई यसपटक एमा