नेपालले अन्तर्राष्ट्रिय व्यापारमा दशकौंदेखि उच्च व्यापारघाटा बेहोर्दै आएको छ । गत आर्थिक वर्ष ०७५-७६ मा त कुल व्यापारघाटाले राष्ट्रिय बजेटको आकार नै नाघ्यो । गत आर्थिक वर्षका लागि सरकारले कुल १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट संसद्मा पेस गरेकोमा गत वर्षको कुल व्यापारघाटा १३ खर्ब २१ अर्ब रुपैयाँ नाघ्यो ।