“जाति प्रथा र राजनीति”

यो लेखोटको सुरुमा नै मैले जानकारी दिऊँ- म जाति प्रथा व्यवहारमै मान्दिनँ । मसँग काम गर्नु भएका, नेपालको संविधानले “दलित” नाम दिएका व्यक्तिहरु जो मेरो घरमा आउनु भएको छ, बस्नु भएको छ र मेरो घरको भान्सामा मसँग उही टेबुलमा खानु भएको छ वहाँहरुलाई यो कुरा राम्ररी थाहा छ । अहिले मैले माथि “जाति प्रथा” भन्ने …

सम्बन्धित सामग्री

प्रियंकाले राजनीतिका कारण छोडेकी थिइन् बलिउड

बलिउड अभिनेत्री प्रियंका चोपडाले बलिउडमा बलेको समयमै सो नगरी छोडेर हलिउडतिर लाग्नुको कारणबारे लामो समयपछि मुख खोलेकी छन्। प्रियंकाले बलिउडमा एकातिर गुट प्रथा हाबी भएको र अर्कोतिर आपूmमाथि राजनीति भएकाले बलिउड छोडेर हलिउडतिर लागेको एक अन्र्तवार्तामा खुलास गरेकी हुन्। प्रियंकाको अन्र्तवार्तापछि बलिउडकी अर्की अभिनेत्री कंगना रनावतले उनलाई समर्थन गर्दै करण जौहरले प्रियंका चोपडामाथि प्रतिबन्ध लगाएको […]

परम्परागत रैतीको सार्वभौम नागरिक बन्ने निर्णय

काठमाडौं र धरानले परम्परागत सत्ता र राजनीतिक दलसँग विद्रोह गरेर निर्दलीय उमेदवारलाई पाँच वर्षे शासनको लाहाछाप लगाइ दियो । यसले राष्ट्रिय राजनीति तरंगित भएको छ । आफ्नो विवेक प्रयोग गरेर विगतदेखि नै राजनीतिक दल र तिनका नेतालाई गर्दै आएको विश्वास र समर्थनमा ब्रेक लगाउनु सामान्य परिघटना होइन । दलीय रजगज र सिण्डीकेट तोडेर आलोपालोको प्रथा ढालेर स्वतन्त्र उमेदवार निर्वाचित गर्दै सम्प्रभू जनताको तागत प्रदर्शन गर्दा नयाँ इतिहास कोरिएको छ । राजनीतिमा फरक खेलाडीले स्थान पाएको छ । भुइँमान्छेको इन्ट्री भएको

लालपुर्जा वितरणमा ढिलाई भएको भन्दै चितवनका सुकुम्बासीद्वारा प्रदर्शन

मंसिर २१, चितवन । लालपुर्जा वितरणमा ढिलाइ भएको भन्दै पूर्वी चितवनका सुकुम्बासीहरूले मंगलवार प्रदर्शन गरेका छन् ।  नेपाल बसोबास बस्ती संरक्षण समाज चितवनले रत्ननगरमा भूमि आयोग विघटन गरेको सुकुम्बासीलाई तेस्रो नागरिकको रुपमा राखेर गुमराहमा राखेर हालसम्म पनि अन्यौलमा राखेको भन्दै प्रर्दशन गरेका हुन् । उनीहरु ‘नो लालपुर्जा, नो भोट’ भन्दै प्लेकार्ड सहित र्‍याली र प्रदर्शन गरेका हुन् । आगामी निर्वाचन अघि नै लालपुर्जा नपाए निर्वाचन बहिस्कार गर्ने उनीहरुले चेतावनी दिएका छन् । केपी ओलीको सरकारले गठन गरेको सुकुम्बासी आयोग शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज गरिदिएपछि लालपुर्जा वितरण अन्योल बनेको हो । लालपुर्जा वितरणको काम अनिश्चित बनेपछि चितवनका सुकुम्बासी समुदाय आन्दोलित बनेको नेपाल बसोबास बस्ती संरक्षण समाज चितवनका अध्यक्ष छविलाल देवकोटाले बताए । ‘नेताहरूले सुकुम्बासीलाई भोट बैंकको रूपमा प्रयोग गर्दै आएका छन्, उनले भने, ‘त्यसैले हामीले आजको प्रदर्शनको मुख्य नारा नै ‘नो लालपुर्जा, नो भोट’ बनाएका छौँ ।’ चितवनको रत्ननगरबाट आन्दोलनको शुरुवात गरिएपनि माग सम्बोधन नभए जिल्लाभर प्रर्दशनलाई निरन्तरता दिने देवकोटाको भनाइ छ ।  र्‍यालीमा रत्ननगरसहित चितवनका सयौँ सुकुम्बासीको सहभागी थियो । सहभागीहरूले ‘बसोवासका आधारमा लालपुर्जा देऊ’, ‘झुटको राजनीति बन्द गर’, ‘उधारोमा भोट माग्ने प्रथा अन्त्य गर’ लगायतका नारा लगाएका  थिए । रत्ननगरको निपनी चोकबाट शुरु भएको ¥याली टाँडीचोक हुँदै बकुलहरस्थित रत्ननगर नगरपालिकाको गेटमा पुगेर कोण सभामा परिणत भएको थियो । सभामा समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीले लालपुर्जा प्राप्तिका लागि अन्तिम मिसनका रूपमा देशव्यापी अभियान शुरु गरेको बताए । लालपुर्जा नपाए आगामी तीनै तहको निर्वाचनमा सुकुम्बासी समुदायले भोट नहाल्ने प्रतिबद्धता गरेको उनको भनाइ छ । नेपालमा ७० लाख सुकुम्बासी र ४० लाख सुकुम्बासी मतदाता रहेको उनले जानकारी दिए ।