सरकार र निजी क्षेत्रले नेपालमा भारतीय लगानी बढाउन र निर्यात सहजीकरण गरिदिन भारतसँग आग्रह गरेको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार दिल्लीमा नेपाल उद्योग वाणिज्य महासंघको साझेदार संस्था कन्फिडेरेसन अफ इन्डियन इन्डस्ट्रिज (सीआईआई) ले आयोजना गरेको कार्यक्रममा सरकारले सबै आवश्यक नीतिगत सहजता प्रदान गर्ने प्रतिबद्धता जनाएका हुन् ।