जनकपुरधाम । धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएपछि तोडफोड गरिएको छ । लक्ष्मीनिया गाउँपालिका ५ बनिनियाका अमर यादवको २८ वर्षीया श्रीमती अनिता यादवको आज बिहान ९ बजे मृत्यु भएको हो । सुत्केरी भएको १० घण्टा नबित्दै उनको मृत्यु भएपछि चिकित्सकले लापरबाही गरेको भन्दै आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् । […]
काठमाडौं, २७ पुुस । अस्पतालको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै नुवाकोटको त्रिशुली अस्पतालमा आफन्तले तोडफोड गरेका छन् । अस्पताल तोडफोड गरेपछि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । स्वास्थ्यकर्मीमाथि मृतकका आफन्तले आक्रमण गर्न खोजेपछि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको जनाइएको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सुरक्षाको ग्यारेन्टी नगरेसम्म सम्पुर्ण सेवा संचालन गर्न नसक्ने […]
सर्लाही – हरिवन नमुना अस्पतालमा तोडफोड भएको छ । अस्पतालको लापरवाहीले गर्भवतिको ज्यान गएको भन्दै मृतकका आफन्त र स्थानीयबासिन्दाले अस्पतालमा तोडफोड गरेका छन् । हरिवन १० पटौनाकी २९ वर्षीय सावित्री कार्कीलाई सुत्केरी व्यथा लागेर शुक्रबार दिउँसो ४ बजे अस्पताल भर्ना गरिएको थियो ।
तर राति १० बजेसम्म पनि बच्चा जन्म...