कर्णाली प्रदेशका पदमुक्त भएका सांसदले मन्त्री पदबाट राजिनामा नदिने

सुर्खेत । कर्णाली प्रदेशका पदमुक्त भएका सांसदले मन्त्री पदबाट राजिनामा नदिने भएका छन् । सर्वोच्व अदालतले सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पदमुक्त गर्ने एमालेको निर्णयलाई सदर गरे पनि सरकारमा सहभागी तीन मन्त्री कायम रहने भएका छन् । गत वैशाख ३ गते संसदीय दलको निर्देशनविपरीत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि […]

सम्बन्धित सामग्री

कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीहरुको पदावधि आज सकिँदै

सुर्खेत - कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीहरुको पदावधि आज सकिँदै छ । नेकपा समाजवादी पार्टीका तीन जना मन्त्रीहरुको पदावधि आजदेखि सकिने भएको हो  । समाजवादी पार्टीको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अमर बहादुर थापा आजदेखि पदमुक्त हुनुहुनेछ । उहाँहरु एमालेमै रहँदा फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिए पछि सांसद पदबाट पदमुक्त हुनुभएको थियो । मुख्यमन्त्रीलाई विश्वासको मत दि...

कर्णालीका तीन मन्त्री भोलिदेखि स्वतः पदमुक्त हुँदै

कर्णाली प्रदेश सरकारका तीन मन्त्रीको पदावधि भोलि (सोमबार) सकिँदैछ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको पदावधि भोलि समाप्त हुँदैछ । प्रदेशसभा सदस्य नरहेको व्यक्ति बढीमा ६ महिनासम्म मात्र मन्त्री हुन पाउने भएकाले उनीहरु तीनै जनाको पदावधि सकिन लागेको हो । यी तीनै जना प्रदेशसभा सदस्य होइनन् । उनीहरु तीनै जना नेकपा एकीकृत समाजवादी पार्टीका हुन् ।मन्त्री थापा नेकपा

कर्णालीका चार सांसद पदमुक्त

कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने ३ मन्त्रीसहित एमालेका ४ सांसद पदमुक्त भएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएका प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा पदमुक्त भएका हुन् । प्रकाश ज्वालाबाहेक तीन जना कर्णाली प्रदेश सरकारमा मन्त्री छन् ।यसअघि एमालेले संसदीय दलको निर्णयविपरीत फ्लोर क्रस गरेको भन्दै पार्टीबाट […]

कर्णाली प्रदेश : शुरू हुनै सकेन बजेट छलफल

सुर्खेत । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गरेको एक महीना बित्नै लाग्दासमेत कर्णाली प्रदेशसभामा छलफल शुरू हुन सकेको छैन । प्रदेशसभामा प्रस्तुत बजेट असारभित्र पारित भइसक्नुपर्ने संवैधानिक व्यवस्था रहे पनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को लगातारको अवरोधका कारण छलफलसमेत शुरू हुन नसकेको हो । प्रदेशसभामा गत असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले आव २०७८/७९ का लागि ३६ अर्ब ५४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । त्यसयता बसेका सबै बैठक एमालेको अवरोधपछि स्थगित हुँदै आएका छन् । प्रदेशसभाको मंगलवारको बैठकमा पनि कार्यसूचीमै प्रवेश गर्न पाएन । सभामुखले बैठक प्रारम्भ गर्नासाथ एमालेका प्रदेशसभा सदस्य सिटबाट उठेर अवरोध गर्दै आएका छन् । नेकपा एमालेले सदनमा सर्वोच्च अदालतको आदेश विपरीत आफ्ना सदस्यलाई सरकारले सत्तापक्ष बनाएको भन्दै मन्त्री पदबाट नहटाएसम्म बैठक अवरुद्ध गरिरहने अडान राखेको छ । मंगलवारको बैठकमा एमाले प्रदेशसभा सदस्य दानसिंह परियारले सर्वोच्च अदालतको आदेश र सभामुखले सदनमा वाचन गरेको पत्रको कार्यान्वयन गर्न सरकार गम्भीर नहुँदा बजेटजस्तो महत्त्वपूर्ण विषयमाथि छलफल हुन नसकेको बताए । नेकपा (माओवादी केन्द्र) र नेपाली कांगे्रस गठबन्धनको सरकारमा हाल एमालेका तीन सदस्य मन्त्री छन् । पार्टी निर्देशन विपरीत आफूलाई विश्वासको मत दिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एमालेका अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई लगत्तै मन्त्री पदमा नियुक्त गरेका थिए । प्रदेश सरकारमा थापा भौतिक पूर्वाधार तथा शहरी विकास, शाही भूमि व्यवस्था, कृषि तथा सहकारी र बुढा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् । पार्टी निर्देशन उल्लंघन गरेको आरोपमा एमालेले पदबाट मुक्त गर्न प्रदेशसभालाई सिफारिशका गरेका आधारमा प्रकाश ज्वालासहित उनीहरू तीन जना पदमुक्त भएका थिए । सर्वोच्च अदालतको जेठ २७ गतेको अन्तरिम आदेशबाट उनीहरूको पुनर्बहाली भएपछि एमाले र सरकारबीच सदनमा टकराव बढेको छ । अदालतको आदेशबमोजिम प्रदेशसभाले एमाले संसदीय दलको सदस्यका रूपमा बैठक कक्षमा सिट व्यवस्थापन गरे पनि मन्त्रीहरू भने सत्तापक्षकै कुर्सीमा बस्दै आएका छन् । एमालेले प्रदेश सरकारले एउटै पार्टीलाई सत्तापक्ष र प्रतिपक्षी बनाएको भन्दै आपत्ति व्यक्त गर्दै आएको छ । सभामुख राजबहादुर शाहीले मंगलवारको बैठकमा सभा सञ्चालनमा सहयोग नगरे अवरोधकै बीचबाट अगाडि बढ्न बाध्य हुने चेतावनी दिएका थिए । मंगलवार दुईओटा बैठक बसे पनि एमालेको अवरोध कायमै रह्यो । एमालेको अवरोध कायमै रहेपछि सभामुखले बुधवार दिउँसो २ बजेसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरेका छन् । रासस

कर्णाली प्रदेश सरकारमा थपिए माओवादी केन्द्रका दुई मन्त्री

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल पुर्नगठन गरेका छन्।थप दुई जना मन्त्री नियुक्त गर्दै शाहीले आइतबार मन्त्रिमण्डल पुर्नगठन गरेका हुन्।शाहीले सिफारिसमा प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले नेकपा माओवादी केन्द्रका सीता नेपाली र गोपाल  शर्मालाई मन्त्री नियुक्त गरेका हुन्।नेपालीलाई आन्तरिक मामिला तथा कानुन र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ। शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ। नेपाली र शर्मा असअघि सपथ

कर्णालीका भौतिक पूर्वाधार विकासमन्त्री खत्री बर्खास्त :: Pahilopost.com

सुर्खेतः कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री पदमुक्त भएका छन्। कर्णाली प्रदेश सरकारले बिहीबार उनलाई पदमुक्त गरेको हो। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भौतिक पूर्वाधार विकासमन्त्री खत्रीलाई नेपालको संविधानको धारा १६९(२) को खण्ड (ख) बमोजिम पदमुक्त गरेको उनका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले जानकारी दिए। मन्त्री खत्रीविरूद्ध नक्कली बैंक ग्यारेन्टी प्रकरणमा