नापी कार्यालय भैरहवाका एक कर्मचारी ३० हजार घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवा सिद्धार्थनगर–५ स्थित ३ नम्बर नापी कार्यालयको क्वार्टरमा कार्यरत एक जना कर्मचारी ३० हजार घुससहित पक्राउ गरेको छ ।   सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही कार्यालयमा कार्यरत अमिन टेकबहादुर रायमाझी रहेका छन् । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार...

सम्बन्धित सामग्री

लगनखेलको नापी कार्यालयका कर्मचारी ४ लाख घुससहित पक्राउ

२८ असार, काठमाडौं । नापी कार्यालय लगनखेल, ललितपुरका सर्भेक्षक संजिवकुमार यादव र आरबी लेखापढी सेन्टरका संचालक रामबाबु भुजेल ४ लाख घुससहित पक्राउ परेका छन् । जग्गा हालसाविक गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीबाट घुस लिएको …

नापी सर्वेक्षक र लेखापढी कर्मचारी १ लाख घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकी, काठमाडौंमा कार्यरत दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । कार्यालय सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाईं र लेखापढी कर्मचारी नेत्रमणि पोखरेललाई अख्तियारको टोलीले १ लाख घुससहित पक्राउ गरेको हो । टंगालबाट खटिएको टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन्। उनीहरूले जग्गा हाल साबिक एवं कित्ताकाट […]

१ लाख घुससहित मालपोतका सर्वेक्षक र अमिन पक्राउ

काठमाडौँ । नापी कार्यालय चाबहिल अन्तर्गत बूढानीलण्ठमा कार्यरत दुई जना कर्मचारी १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । जग्गाको हालसाबिक गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले चाबहिलको १ नं. नापी टोली, बुढानीलकण्ठमा कार्यरत सर्वेक्षक विनोद के.सी. र अमिन प्रकाशराज भट्टलाई सेवाग्राहीबाट एक लाख […]

नापीका दुई कर्मचारी एक लाख घुससहित पक्राउ

नापी कार्यालय चावहिलका दुई कर्मचारी एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । सर्भेक्षक विनोद केसी र अमिन प्रकाशराज भट्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार पक्राउ गरेको हो ।  उनीहरुले...