१६ चैत, काठमाडौं । त्रिकोणात्मक टी-२० शृङ्खलाअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्दैछ । कीर्तिपुरस्थित टी-यू अन्तर्राष्ट्रिय मैदानमा मलेसियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गरेको हो । शृङ्खलामा दुवै टिमको यो दोस्रो खेल हो । यसअघि नेपाल र मलेसियाले पपुवा न्यूगिनीलाई हराएको थियो । आजको खेलमा नेपाली टिममा एक परिवर्तन गरिएको छ । […]