सिन्धुलीका तिलकबहादुर लुङ्गेली बागलुङ आएर बस्न थालेको २० वर्ष भयो । कालीगण्डकी नदी किनारमा बालुवा चालेरै उनले यतिका समयसम्म परिवारको जीविका धान्दै आएका थिए । तर, डेढ वर्षअघि सर्वोच्च अदालतले कालीगण्डकीबाट बालुवा, ढुंगा, गिट्टीलगायत नदीजन्य पदार्थ उत्खननमा रोक लगाएपछि उनलाई अहिले दैनिकी धान्नै सकस छ ।