७० करोड कमिशन खाने दाउमा मन्त्री आले, अदालतमा मुद्दा हुदाँहुँदै खुलाए जहाज मर्मतको टेण्डर

संसदको सार्वजनिक लेखा समितिको निर्देशन विपरित र अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा नेपाल वायुसेवा निगमले जहाजको इन्जिन मर्मतका लागि बोलपत्र आह्वान गरेको  । जहाज मर्मत र इन्जिन फेर्न निगमले टेण्डर आह्वान गरेको हो ।यसअघि ३ जना सञ्चालकलाई बैठकमा प्रवेश नै नदिई सञ्चालक समितिको बैठक राखेका कार्यकारी अध्यक्ष युवराज अधिकारीले पर्यटन मन्त्री प्रेम आलेको निर्देशनमा टेण्डर आह्वान गरेको स्रोतले बताएको छ ।अदालतमा मुद्दा विचाराधिननिगमका जहाज मर्मत तथा तिनको इन्जिन फेर्ने विषयमा यसअघि भएको टेण्डरको विषय अहिले अदालतमा छ । सन् २०१८ मा निगमका न्यारोबडी ३२० जहाजको इन्जिन फेर्ने टेण्डर जर्मनको लुप्थान्सा कम्पनीले पाएको थियो । निगमका तत्कालिन अध्यक्ष मदन खरेलले आफूले चाहेको कम्पनीले ठेक्का नपाएपछि फाइल नै लुकाएको चर्चा त्यतिबेला चलेको थियो । तत्कालिन अध्यक्ष खरेलले फाइल लुकाएर टेण्डरको नयाँ प्रक्रिया नै थालेका थिए ।तर, टेण्डर पाएको जर्मन कम्पनी लुप्थान्साले संसदको लेखा समितिमा उजुरी दियो । उजुरी परेपछि समितिले एउटा उपसमिति बनायो । उपसमितिले खरेलले सुरु गरेको नयाँ टेण्डरको प्रक्रिया रद्द गरेर ग्लोबल टेण्डर आह्वान गर्दा टेण्डर पाएको जर्मन कम्पनी लुप्थान्सासँगै सम्झौता गरेर काम अघि बढाउन निर्देशन दिनुपर्ने राय समितिमा बुझायो । समितिले सोही अनुसार निर्देशन जारी गर्यो ।यसअघिः७० करोड कमिशन खाने दाउमा मन्त्री आले, ३ सदस्यलाई छिर्नै नदिई गराए निगमको बोर्ड बैठकअझ रोचक त के छ भने, लेखा समितिले बनाएको उपसमितिमा अहिलेका पर्यटन मन्त्री प्रेम आले पनि सदस्य थिए । हाल उनै आले पर्यटन मन्त्री रहेका बेला नयाँ टेण्डर आह्वान भएको छ ।त्यसपछि पर्यटन मन्त्रालयले लुप्थान्सासँग इन्जिन मर्मत र फेर्ने कामको सम्झौता गर्न कार्यकारी अध्यक्ष खरेललाई निर्देशन नै ठिाएको थियो । तर, खरेलले अटेर गरेपछि जर्मन कम्पनी लुप्थान्साले सर्वोच्च अदालत पुगेको थियो ।यो मुद्दाको किनारा लगाउन सर्वोच्चले माघ १८ गते निगमको सञ्चालक समितिका सदस्यहरुलाई बोलाएको छ । तर, मुद्दा विचाराधिन रहेकै हालको अवधिमा निगमका कार्यकारी अध्यक्ष अधिकारीले जहाज मर्मत तथा इन्जिन फेर्न नयाँ टेण्डर आह्वान गरेका हुन् ।मन्त्री आले र अध्यक्ष अधिकारीको नजर ७० करोडमायसअघिको निगम सञ्चालक समितिको बैठकमा ३ सञ्चालकहरु डिमप्रकाश पौडेल (महाप्रवन्धक, हाल मन्त्रालयमा तानिएका), ईश्वरी पौडेल र फुर ग्याल्जे शेर्पालाई उपस्थित हुन दिईएको थिएन । त्यसपछि उनीहरुले सामूहिक ध्यानाकर्षण पत्र नै सार्वजनिक गरे । उक्त बैठकमा पनि निगमको जहाज मर्मत तथा इन्जिन फेर्न टेण्डर आह्वान गर्ने एजेण्डा थियो । उक्त बैठकले कुनै निर्णय भने गरेको थिएन ।तर, पर्यटन मन्त्री आले र निगमका अध्यक्ष अधिकारीबीच चिनियाँ कम्पनीलाई ठेक्का दिने गोप्य सेटिङ पहिल्यै भईसकेको स्रोतको दाबी छ । ३ अर्ब ५० करोड रुपैयाँको काम दिए वापत चिनियाँ कम्पनीले २० प्रतिशत कमिशन दिने र मन्त्री आले र अध्यक्ष अधिकारीको नजर त्यहीँ २० प्रतिशतमा केन्द्रित रहेको दाबी स्रोतको छ ।३ अर्ब ५० करोडको २० प्रतिशत रकम ७० करोड हुन्छ । पर्यटनमन्त्री आले र अध्यक्ष अधिकारीले कुनैपनि हालतमा यो ७० करोड कमिशन हत्याउन हतारहतार बोलपत्र आह्वान गरेको र सेटिङ लागि छुट्टै टिम नै बनाएर खटाएको स्रोतले दाबी गरेको छ ।

सम्बन्धित सामग्री

धनगढी–ताक्लाकोट द्रुतमार्ग निर्माण गर्छौँ : मन्त्री आले

डोटी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कैलालीको धनगढीदेखि डोटीको बिपीनगर, गडसेरा तथा बझाङकाे उरै हुँदै चिनको ताक्लाकोट जोेड्नका लागि सिधा सडक अर्थात् द्रुतमार्ग निर्माण गरिने बताउनुभएको छ । धनगढीमा रहेको गेटा विमानस्थल स्तरोन्नतीका लागि कैलाली पुग्नुभएका मन्त्री आले डोटी पनि पुग्नुभएको थियो । डोटीको जोरायल गाउँपालिका–५ गड्सेरा पुग्नु भएका मन्त्री आलेले यहाँका स्थानीयसँगको भेटघाट तथा छलफलका क्रममा उक्त सडक जुनसुकै हालतमा भए पनि निर्माण गरिने बताउनुभयो । उहाँले भन्नुभयो, &...

साधुसँग मन्त्री आले

काठमाडौँ, १० फागुन: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले पशुपतिनाथमा रहेका साधुसँग । मन्त्री आलेले साधुका समस्याका विषयमा जानकारी लिनु भएको थियो ।-तस्बिर : विमलबहादुर विष्ट-रासस

बोटिङ्ग गर्दै मन्त्री आले

लुम्बिनी, ८ फागुन: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा निरीक्षण भ्रमणमा रहेका बेला बोटिङ्ग गर्दै ।-तस्वीर : विमलबहादुर विष्ट-रासस

विवादमा मन्त्री आले, आरोप तथ्यहिन रहेको सचिवालयको दाबी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले विवादमा तानिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भिडियोका कारण मन्त्री आले विवादमा तानिएका हुन्। मन्त्री आले र हाल भारतको मुम्बई बस्दै आएका एक नेपाली...

पशुपति धर्मशाला तारे होटल जसरी चलाएको देख्दा मन्त्री आले आश्चर्यमा

काठमाडौं, माघ २ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बतास अर्गनाइजेशनबाट सञ्चालित पशुपति धर्मशालाको निरीक्षण गर्नुभएको छ । धर्मशाला निरीक्षण गर्दै मन्त्री आले धर्मशाला सात तारे होटल जस्तो रहेको देख्दा आफू आश्चर्यचकित भएको प्रतिक्रिया दिनुभएको छ । मन्त्री आलेले यसबारे छानबिन समितिले सोमबार प्रतिवेदन बुझाउने र त्यसपछि आवश्यक निर्णय लिइने पनि बताउनुभयो […]

बतासले धर्मशालामा चलाएको होटल निरिक्षण गर्न जाँदै पर्यटन मन्त्री आले

काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपति धर्मशालाको अवलोकन गर्ने भएका छन् । पशुपति क्षेत्रभित्र रहेको बतास समूहले प्रयोग गरेको धर्मशालालगायत अन्य ठाउँको निरीक्षण गर्न मन्त्री आले विहान ११ बजे त्यहाँ जान लागेको उनको सचिवालयले जनाएको छ । पशुपति धर्मशालामा बतासले होटल सञ्चालन गरेको छ । यसअघि आलेले नारायणहिटीमा बतास समूहमाथि एक्सन […]

मन्त्री आले चढेको कारलाई ठक्कर दिने चालक पक्राउ

पर्यटनमन्त्री प्रेम आले चढेको कार दुर्घटनामा परेको छ । कैलालीको धनगढी विमानस्थलबाट बाहिरिने क्रममा आले सवार गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा मन्त्री आले सुरक्षित रहेका छन् ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार मंगलबार साँझ साढे आठ बजे विमानस्थलबाट बाहिरिने क्रममा मूल सडकमा पुग्ने बित्तिकै मन्त्री आले सवार सुप ०१ ००१ झ ३३३ नम्बरको गाडीलाई कारले ठक्कर दिएको हो । बा ४६ प १३७७ नम्बरको कारले गाईलाई ठक्कर दिएर अनियन्त्रित भई मन्त्री सवार कारलाई ठक्कर दिएको

पर्यटन मन्त्री आले चढेको गाडी कैलालीमा दुर्घटना

धनगढी : संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा परेको छ।महेन्द्रनगरमा हुन लागेको एक कार्यक्रमकालागि धनगढी बिमानस्थलबाट जान लागेका मन्त्री आले चढेको गाडी कैलालीको गेटामा दुर्घटनामा परेको हो।सुप प्रदेश ०१ ०० १ झ ३३३ गाडीलाई बा ४ च १३७७ नम्बरको गाडीले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी बिश्व अधिकारीले पुष्टि गरेका छन्। धनगढी बिमानस्थलबाट मेन रोड क्रस गर्दै गरेको अवस्थामा आलेको गाडीलाई सो गाडीले ठक्कर दिएको हो।गाईलाई ठक्कर दिएर अनियंत्रित भएको का

वैदेशिक रोजगारमा जानेलाई दुःख दिए कारबाही गर्छु : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री प्रेमबहादुर आलेले वैदेशिक रोजगारीका लागि विदेशमा जाने श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनावश्यक दुःख दिनेलाई कारबाही गरिने बताएका छन् । एकीकृत वैदेशिक रोजगार व्यवसायी सङ्गठन नेपालको ज्ञापनपत्र ग्रहण गर्दै आज मन्त्री आले उनले भने, “वैदेशिक रोजगारीमा जाने गरिब नागरिकलाई सबैले सम्मान गर्नुपर्छ, दुःख दिने नियतले काम कुरा गर्नु गलत हो ।” सङ्गठनले वैदेशिक रोजगारका लागि विदेश जाने श्रमिकहरूलाई विमानस्थलमा दुःख दिने गरेको जानकारी गराएक

मन्त्री आले एक्कासि विमानस्थलको शौचालय अनुगमनमा छिरेपछि...

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री  प्रेम आले मगरले विराटनगर विमानस्थलमा रहेको शौचालयको अनुगमन गरेका छन् । एक कार्यक्रममा सहभागी हुन शुक्रवार विराटनगर विमानस्थल ओर्लिएका मन्त्री आलेले अचानक शौचालयको अनुगमन गरेका हुन् ।विमानस्थल परिसरमा फोहोर देखेर मन्त्री आले अचानक शौचालयको अनुगमनमा पुगेपछि विराटनगर विमानस्थलका कर्मचारी अलमलमा परेका थिए । शौचालय अनुगमनपछि उनले शौचालय ठिकै रहेको भन्दै त्यहाँबाट बाहिरिए । विराटनगर ओर्लिएपछि उनले विमानस्थलमा रहेको क्नभियर बेल्ड अनुगमनलगत्तै उनले यात्रु