विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले तराईमा बसोबास गर्ने थारू र मैथिली समुदायका महिलाले मनाउने जितिया पर्वका अवसरमा सबै नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको शुभकामना व्यक्त गरेका छन्।प्रदेश नं १ सहित तराई–मधेसका जिल्लामा जितिया पर्व धुमधामका साथ मनाइन्छ। सन्तानको दीर्घायुका लागि गरिने यो व्रत आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन मनाउने गरिन्छ। आश्विन कृष्ण सप्तमी तिथिका दिन बर्तालु स्नान गरी चोखो हुने र अष्टमी तिथिको आरम्भसँगै उपवास सुरु गरी नवमी