उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न गराउन गृहमन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएको छ । बुधबार निर्वाचन आयोगमा बसेको उच्चस्तरीय सुरक्षा समितिको बैठकले गृह मन्त्रालयमार्फत् मातहतका सबै निकायलाई निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निश्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न गराउन गृहमन्त्रालय र मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको हो ।