यसो गरे सवारीचालक र पैदलयात्रु राति दुर्घटनाबाट जोगिन सकिन्छ

काठमाडौं : दिउँसोभन्दा बेलुकी र राति बत्ति नभएर अन्धकार हुँदा सवारी दुर्घटनाको जोखिम बढी रहन्छ। तीव्र गतिमा सवारीसाधन हुइँकिँदा पैदलयात्रु समेत जोखिममा पर्ने गरेका छन्।शहरी क्षेत्रमा यो समस्या धेरै छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार साँझ र राति पैदलयात्रुले यस्ता सावधानी अपनाए दुर्घटनाबाट जोगिन सकिन्छ। जस्तै:- राति हिँड्दा चम्कने वा टल्किने लुगाको प्रयोग गर्ने- पैदल यात्रा गर्दा सवारीको गति र अवस्थाबारे ख्याल गर्ने- बालबालिकाहरूलाई राति ए