व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने सत्तारुढ दलमा सहमति बनेसँगै नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक बस्ने भएको छ । नयाँ बानेश्वरको संघीय संसद् भवनमा रहेको ल्होत्से हलमा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्न लागेको हो ।अमेरिकी सहयोग परियोजना (एमसीसी) प्रतिनिधिसभाबाट आजै पास गर्ने सत्ता गठबन्धनमा सहमति भएको छ । आइतबार प्रतिनिधिसभाको दोस्रो बैठक राखेर एमसीसी अनुमोदन गर्न गठबन्धनमा सहमति जुटेको छ । आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमसीसीलाई इण्डोप्यासिफिक रणनीति अ