अमेरिकी सेना अफगानिस्तान छोडेर गएपछि तालिबानलाई देशमा स्थिरता कायम गर्ने चुनौती आइलागेको छ ।
यस्तो स्थितिमा पाकिस्तानले आफ्ना शीर्ष सुरक्षा तथा गुप्तचर अधिकारीलाई अफगानिस्तान पठाएर तालिबान सेनाको निर्माणमा सहयोग गर्ने भएको छ ।
पाकिस्तानलाई सबभन्दा बढी जोखिम तहरीक–ए–तालिबान नामक आतंकवादी संगठनबाट छ । त्यस संगठनका लडाकूले पाकिस्तानी सैनिकहरूको ज्यान लिइरहेका छन् ।
उनीहरू अफगानिस्तानबाट पाकिस्तान आउने अनि सैनिक मारेर उतै भाग्ने काम गरिरहेका छन् । विगत दुई दशकमा हजारौं पाकिस्तानी स...