काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई आममाफी दिने घोषणा गरेका छन्। पुष्पलाल स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बाटो बिराएका सबैलाई आममाफी दिने बताएका हुन्। ‘बाटो बिराएका, भड्किएका साथीहरुलाई पनि भन्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टी इज ग्रान्टेड (आममाफी दिइएको छ)।’उनले सबैलाई एकजुट भएर अघि बढ्न आग्रह गरेका छन्। ‘आज पुष्पलाललाई सम्झिएर म भन्न चाहन्छु, आउनुह