नेपाली काँग्रेसको १४ औं महाधिवेशन संवैधानिक समयसीमाभित्र नहुने स्थिति बन्दै गएपछि नेताहरु छलफलमा जुटेका छन् । भदौ १६–१९ का लागि निर्धारित महाधिवेशनको कार्यतालिका प्रभावित भइसकेको छ । शीर्ष नेताहरु अब पार्टीको संवैधानिक संकट टार्न विकल्प खोजिरहेका छन् । भदौ २३ भित्रै महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ ।नेपाली काँग्रेसले २०७२ फागुन २३ गते १३ औँ महाधिवेशन सम्पन्न गरेको थियो । आगामी भदौ २३ गते केन्द्रीय कार्यसमितिको कार्यकाल ५ वर्ष ६ महिना पूरा हुँदैछ । नेपालको संविधानको धारा २६९