प्रदेश १ : ‘घरेलु मदिरा ब्राण्डिङ निर्देशक समिति तथा कार्यादेश’ स्वीकृत

विराटनगर : प्रदेश १ मन्त्रिपरिषद्को आज बसेको बैठकले घरेलु मदिरा ब्राण्डिङ गर्न ‘घरेलु मदिरा ब्राण्डिङ निर्देशक समिति तथा कार्यादेश’ स्वीकृत गरेको छ।मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको आजको मन्त्रिपरिषद् बैठकले घरेलु मदिरा ब्राण्डिङ गर्न ‘घरेलु मदिरा ब्राण्डिङ निर्देशक समिति तथा कार्यदेश’ स्वीकृत सहित ८ वटा कार्यविधि तथा निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको हो ।यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार बैठकले मुख्यमन्

सम्बन्धित सामग्री

५ केजी कोदोबाट ४ बोतल रक्सी, बोतलकै पर्छ चार सय

इलाम : परम्परागत घरेलु मदिरा कोदोको रक्सी प्रवर्द्धनमा दबाबका लागि प्रदेश नम्बर एकमा काम अघि बढाइएको छ। परम्परागत घरेलु मदिरा (कोदोको रक्सी) प्रर्वद्धन समितिले प्रदेशका विभिन्न जिल्लामा समिति गठन गरेर दबाबको काम अघि बढाउँदै आएको हो।समितिले इलाममा साधना फागोको नेतृत्वमा २१ सदस्यीय समिति गठन गरेको छ। हालसम्म प्रदेश १ का मोरङ, सुनसरी, झापा लगायतका जिल्लाका समिति नै गठन गरेर काम अघि बढाएको छ। रक्सी उत्पादनको लागि मदिरा ऐन २०३१ र मदिरासम्बन्धी नियमावली २०३३ ले प्रतिबन्ध लगाएको र ऐन संशोधन गर्न राजनीत

लोकल रक्सीलाई ब्रान्ड बनाउन प्रतिवेदन

विराटनगर । लोकल रक्सीलाई ‘ब्यान्ड होइन ब्रान्ड’ बनाउनुपर्छ भन्ने अवधारणालाई मूर्तरूप दिन गठित सम्भाव्यता अध्ययन समितिले सामाजिक विकास मन्त्री उषाकला राईलाई अध्ययन प्रतिवेदन बुझाएको छ । सोमवार प्रतिवेदन बुझ्दै मन्त्री राइले ब्यान्ड भर्सेस ब्रान्ड प्रदेश सरकारको गौरवको योजना भएको बताइन् । सामाजिक विकास मन्त्रालयले नेपाली घरेलु मदिरा ब्रान्डिङ तथा बजारीकरणका लागि गठन गरेको ‘ब्यान्ड भर्सेस ब्रान्ड’ अवधारणा सम्भाव्यता अध्ययन कार्यदलले तयार गरेको प्रतिवेदन बुझ्दै मन्त्री राईले उक्त कुरा बताएकी हुन् । उनले प्रदेश १ मा रहेको स्रोतसाधनलाई परिचालन गरेर आम्दानी गर्न सकिने देखेरै ब्यान्ड भर्सेस ब्रान्ड अवधारणा ल्याइएको बताइन् । कानूनी अड्चनहरूलाई हटाउँदै अवधारणालाई कार्यान्वयन गर्नुपर्ने मन्त्री राईकोे भनाइ छ । प्रतिवेदन ग्रहण गर्दै उनले भनिन्, ‘प्रदेश सरकारले कोदो उत्पादन हुने स्थानको छनोट गरेर कोदो लगाउन शुरू गर्नेछ ।’ उनले बनमारा मासेर कोदो लगाइने स्पष्ट पारिन् । मन्त्री राइका अनुसार गाउँपाखामा रहेको बनमारा उखेलेर कोदो रोपिनेछ । सामाजिक विकास मन्त्री राईले नेपालको उत्पादनलाई छिमेकी देशहरू भारत र चीनमा लगेर बजारीकरण गर्नुपर्ने बताइन् । नेपाली घरेलु मदिराको उत्पादन शुरू भएपछि यो विश्वमा उत्पादितभन्दा सयौं गुणा राम्रो गुणस्तरको हुने उनको दाबी छ । उनले गुणस्तरीय उत्पादनका लागि वैज्ञानिक, प्राविधिक, औद्योगिक क्षेत्र, कानूनविज्ञ लगायतको टिम निर्माण गरिने जानकारी गराइन् । कार्यदलका संयोजक तथा प्रदेश योजना आयोगका सदस्य डा. पूर्ण लोक्सोमले ब्यान्ड भर्सेस ब्रान्ड बृहत् अवधारणा भएको बताए । उनले १० जिल्लाका २२९ घरेलु मदिरा उत्पादकहरू, जनप्रतिनिधि लगायतसँग जानकारी संकलन गरेर प्रतिवेदन तयार गरिएको बताए ।

५ सय लिटर घरेलु मदिरा बरामद

इलाका प्रहरी कार्यालय रानीले ‘घरेलु मदिरा नियन्त्रण अभियानु अन्तर्गत ५सय लि मदिरा बरामद गरेको छ। प्रदेश १ प्रहरी